एकीकृत नमुना सन्तपुर बस्ती माघ २१ गते हस्तान्तरण गरिने : धुर्मुस



काठमाडौँ, २७ पुस : हाँस्यकलाकार तथा समाजसेवी सिताराम कट्टेल‘धुर्मुस’ र कुन्जना घिमिरे‘सुन्तली’ले माघ २४ गते हस्तान्तरण गरिने भनिएको चन्द्रपुर नगरपालिका वडा नं. ८ मा निर्माणाधीन एकीकृत नमुना सन्तपुर बस्ती माघ २१ गतेनै हस्तान्तरण गरिने भएको छ ।

‘सहयोगी मनहरुको साथले बस्ती तोकिएको समय भन्दा अघिनै सकिएको छ, अब हामी बस्ती हस्तान्तरण गर्न आतुर भएका छौ ।’  फेसबुक स्ट्याटसमा धुर्मुसले भनेका छन् । सहयोगीहरुको साथ बिना यो सम्भव नहुने भन्दै उनले सबै सहयोगी मनहरुलाई धन्यवाद समेत दिएका छन् ।

हेर्नुस यस्तो छ धुर्मुसको स्ट्याटस :

आज ९० दिन भएछ एकीकृत नमुना सन्तपुर बस्ती निर्माणमा जुटेको ।निकै खुसी छु।उत्तिकै भाबुक पनि छु।सहयोगी मनहरुले मन फराकिलो नबनाइदिनु भएको भए हामिले बस्तीको परिकल्पना मात्र गरेर सम्भब थिएन। ५ करोड ९५ लाख अनुमानित रकम मध्य अब लगभग १ करोड ५0 लाख रकम यो परियोजनालाई अपुग छ र हालसम्म ४ करोड ३१ लाख भन्दा बढी रकम खर्च भैसकेको छ तर आशाबादि छु दैनिक जस्तो सहयोगी मनहरु जोडीरहनु भएको छ।हरेक परियोजना आट गरिरहदा जुन प्रकारको बिस्वास र सद्भाव हामी प्रती गरिदिनु भएको छ त्यसले मलाइ निकै ठुलो खुसी अनि भाबुक बनाएको छ।हामीले माघ २४ गते बस्ती हस्तान्तरणको संकल्प गरेका थियौ।खुसीको कुरो निर्धारित समय भन्दा अगाबै माघ २१ गते हामीले बस्ती हस्तान्तरण गर्ने सोच बनाएका छौ।।सम्पुर्ण सहयोगी मनहरु,सुभचिन्तक ज्युहरु,मिडियाकर्मी ज्युहरुमा हृदय देखि नमन र सम्पुर्णमा माघ २१ गते बस्ती हस्तान्तरण समारोह का लागी चुलै निम्तो!!

(सिताराम कट्टेल‘धुर्मुस’ को फेसबुकबाट साभार गरिएको ।)

प्रतिक्रिया दिनुहोस्