चिलीमा सन् २०१७ मा चौध प्रतिशतले पर्यटक बढे



सान्टीयागो, २६ पुस : चिलीले सन् २०१७ मा ६४ लाख पर्यटकलाई स्वागत गरेको समाचार छ । यो सङ्ख्या सन् २०१६ को तुलनामा १४.३ प्रतिशतले बढेको चिलीको पर्यटन विभागले मङ्गलबार जानकरी दिएको छ । पर्यटकहरुको नामावलीको सूचीमा ३० लाख पर्यटक एर्जेन्टियालीहरु रहेका र यो सङ्ख्या करिब आधा भएको बताइएको छ ।

चिली युरोपको एक अर्को युरोपको ठूलो बजारको रुपमा रहेको छ । सन् २०१७ मा करिब ४ लाख ८० हजार व्यक्तिले सो बजारको भ्रमण गरेको बताइएको छ ।

यो सङ्ख्या सन् २०१६ को तुलानामा ६.३ प्रतिशतले बढेको बताइएको छ । चिली एसियाको नै एक ठूलो पर्यटन बजारको रुपमा रहेको छ । चीनबाट पनि ३० हजार पर्यटक आएका र यो सङ्ख्या गत वर्षको तुलनामा ३३.८ प्रतिशतले बढेको बताइएको छ ।

सन् २०१७ मा पर्यटन क्षेत्रबाट ४ अर्ब अमेरिकी डलरभन्दा बढी आम्दानी भएको पनि चिलीले जानकारी दिएको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्