क्षमता विस्तार हुँदै नख्खु कारागार



ललितपुर, २७ पुस : झण्डै ५०० क्षमताको नख्खु कारागार विस्तार भएर एक हजारजना अट्ने क्षमताको हुने भएको छ ।

पुरुष कैदी/बन्दी राख्ने २५० क्षमताको एउटा ब्लक र अर्काे त्यति नै क्षमताको महिला ब्लक बनाइएको छ । पुरुषलाई राख्न बनाइएको ब्लकमा कैदी/बन्दी बस्न थालिसकेका छन् । महिला राख्ने ब्लक भने छिट्टै निर्माण सकिएर सञ्चालनमा आउने कागारागर प्रमुख  टेकबहादुर केसीले जानकारी गराउनुभयो  ।

प्रतिक्रिया दिनुहोस्