किन भयो नायिका खुश्वु खड्काको बिबाहमा कुटाकुट



काठमाडौं, २७ पुस

केहि दिन अघि चोभारमा अलिक भिन्न किसिमको एउटा दृश्य देखियो । बिबाहको लागि बनाइएको एउटा सुन्दर जग्गे थियो तर जग्गेमा विवाह हुन छाडेर ठूलै द्वन्द्व चलिरहेको थियो । केहि केटाहरुले एउटी केटीलाई समातेर लछार्दै जबर्जस्ती विवाह गराउन खोज्दै थिए ।

केटी आत्तिरहेकी थिइन् भने केटा डराइ–डराइ उनलाई सिन्दूर लगाउन खोजिरहेका थिए । अन्य भनेरमिते बनेर  हेरिरहेका थिए । जब सिन्दूर लगाउन केटाले आफ्नो हात केटी तर्फ अगाडि बढाउँदै गर्दा एकजना जुल्फे कपाल भएका युवक हातमाथि लडेपछि केटीलाई सिन्दूर लगाइदिने केटाको चाहना अपूरै रह्यो । सबै छक्क परे ।

वास्तबमा यो  दृश्य कुनै वास्तविक घटनाको थिएन थियो त केवल बनावटी मात्र । सबैको नजरमा अनि बुझाइमा  सुटिङ र डेटिङको स्थलको रुपमा परिचित चोभारको एउटा डाँडामा भएको यो दृश्य थियो  फिल्म ‘सिस्टम द रुल्स’ को सुटिंगको । ‘यो जबर्जस्ती विवाह गर्न खोज्दा आउने परिणाम र तनावको दृश्य हो,’ फिल्ममा कलाकार र संयोजकको जिम्मेवारी लिएका अभिनेता दिनेश शर्माले भने, ‘सुरुमा गुण्डागर्दी गर्ने युवा एक युवतीको प्रेममा परेपछि पुरानो बानीलाई छोडेर नयाँ शैलीमा सुध्रिएको हुन्छ, तर त्यो व्यवहार उसका मालिकलाई मनपरेको हुँदैन, जसकारण उक्त केटीसँग युवकको मिलन हुन नदिन अर्को केटासँग विवाहको तयारी हुन्छ ।’

बेहुली झैँ सिंगारिएको सुटिङस्थलमा आधुनिक पहिरनमा बेहुली बनेकी थिइन् नायिका खुश्वु खड्का भने अर्का एक पात्र पनि आधुनिक पहिरनमै बेहुला बनेका थिए । खलपात्र पुष्कर भट्ट, तेजा ऐरको गुण्डाको समूहले यिनिहरुको जबर्जस्ती बिहे गराउन खोजिरहेका थिए । तर, त्यसै बेला फिल्मका प्रमुख पात्र आयुष रिजालको प्रबेस  भएसंगै विवाहले पूर्णता पाएन ।

यो चलचित्रमा निर्देशक निरज घिमिरे भए पनि नायक शर्माले नै कलाकारहरूलाई अभिनयको तरिका सिकाइरहेका थिए । जनक गुरुङ भने कलाकारको द्वन्द्व गराउने काम गरिरहेका थिए । हातमा बन्दुक, खुकुरी, तरबार बोकेका खलपात्रहरू फिल्मको सट दिँदा निकै जोसिन्थे ।

 ‘यो एउटा त्रिकोणात्मक प्रेमकथाको फिल्म हो, समाजमा नियम र कानून भएन भने अवस्था कस्तो हुन्छ भन्ने कुरा फिल्मले देखाउँछ,’ अभिनेत्री खड्काले भनिन् । अभिनेता आयुषले फिल्ममा आफू व्यवसायीको भूमिकामा रहेको खुलाउँदै युवतीलाई अप्ठ्यारोमा पर्दा आफूले सहयोग गर्ने पात्र समेत रहेको जनाए । फिल्ममा सिवानीको भूमिकामा देखिएकी खुश्वुले फिल्मले समाजमा हुने राम्रा र नराम्रा पक्षलाई समेटेको पनि बताइन् ।

फिल्ममा आयुष रिजाल, खुश्वु खड्का, दिनेश शर्मा, पुष्कर भट्ट, तेजा एर, रामचन्द्र अधिकारी, राजु घिमिरे र अविनाश गजुरेललगायतको अभिनय तथा अजय स्याङतानको नृत्य, विनय केटुको संगीत र पवन गौतमको छायांकन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्