सल्यानमा १५ वर्ष मुनिका विद्यार्थीले बनाए हेलिकप्टर



काठमाडौं, २७ पुस
हिजोदेखि सल्यानमा शुरु भएको छैठौं कृषि, पशु, वन, पर्यटन, उद्योग, व्यापार तथा साँस्कृतिक महोत्सवमा प्रदर्शन गरिएकाे छ ।

जिल्लाकाे ढाेरचाैरमा रहेकाे निराजन माविमा कक्षा ८ मा पढ्ने १५ बर्षका दिपक राना, कक्षा ५ मा पढ्ने निरज रोका र श्रीनगरमा रहेकाे ब्राइटपर्ल एकेडेमीमा कक्षा ७ मा पढ्ने १३ बर्षका बसन्त कुमार बुढाथोकीले बनाएकाे एक नमुना हेलिकप्टरलाई मेलामा प्रदर्शन गरिएकाे हाे । हेलिकप्टरलाई मञ्चको दायाँपट्टी ठुलो स्थानमा अति आकर्षक भनेर राखिएको छ । केहि स्थानीय श्राेत साधन र बाँकी सामाग्री नेपालगञ्जबाट ल्याएर उनिहरुले उक्त हेलिकप्टर सल्यानमै निर्माण गरेका थिए ।

संघिय प्रतिनिधि सभाका सदस्य तथा विना विभाग्य मन्त्री टेक बहादुर बस्नेतले उद्घाटन गरेका महोत्सवमा ५८ वटा स्टल रहेको छन् भने मेला पौष ३० सम्म चल्ने छ । महोस्तवमा कृषि तथा पशुपालनको क्षेत्रमा काम गर्ने किसानका लागि स्टलहरु राखिएका छन । त्यस्तै विभिन्न वन तथा बाताबरण र पर्यटन सम्बन्धी पनि स्टलहरु राखिएको छ ।

उद्घाटन कार्यक्रममा शुभकामना दिनेहरुले यस्ता महोत्सवहरु हुने तर ती महोत्सवले पार्ने प्रभावका बारेमा जानकारी नहुने कुरातिर ध्यान दिएर मेला तथा महोत्सवहरु राख्नुपर्ने बताएका छन । महोत्सवमा सल्यानका राजनीतिक दलका प्रतिनिधि र स्थानिय तहका प्रतिनिधि तथा विभिन्न संघसंस्थाहरु शुभकामना दिएका थिए ।

सल्यान उद्योग वाणिज्य संघका अध्यक्ष वीर बहादुर चलाउनेको अध्यक्षतमा भएको कार्यक्रममा प्रदेश सभा सदस्यहरु प्रकाश ज्वाला र गुलावजंग शाहको पनि विशेष आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्