नेल्सन मन्डेलाका १० विश्वप्रसिद्ध भनाईहरु



एजेन्सी: नेल्सन मण्डेला दक्षिण अफ्रिकाका प्रथम अश्वेत राष्ट्रपति हुन् । उनको जन्म १८ जुलाई १९१८ मा भएको थियो । उनको राजनैतिक यात्रा भने सन् १९४८ बाट सुरु भयो । प्रथम अश्वेत राष्ट्रपतिका रुपमा उनी सन् १९९४ देखि १९९९ सम्म रहे ।

उनले आफ्नो जीवनको १८ वर्ष जेलमा बिताए । २७ वर्षको उमेरदेखि ४५ वर्षको उमेरसम्म उनी जेलमा बसे । जेलमै रहँदा मण्डेलाले लण्डन विश्वविद्यालयको बाह्य कार्यक्रम अन्तर्गत भर्ना भई कानुन विषयमा स्नातक सम्मको अध्ययन पनि पुरा गरे । मण्डेलालाई स्वतन्त्र गराउन स्थानीय तथा अन्तराष्ट्रिय दवाबहरु बढ्न थालेपछि उनी १९९० को फेब्रुअरी जेलबाट छुटे । मण्डेला आफु जेलमुक्त हुनासाथ एएनसीको नेतृत्व साम्हाले र सन् १९९० देखि १९९४ को अवधिमा बहुदलीयतामा सम्झौता गर्दै देशमा पहिलो बहुजातीय चुनाव सम्पन्न गराए । सन् १९९३ मा नोबेल शान्ति पुरस्कार समेत पाए । ति महान व्यक्तिको निधन डिसेम्बर ५, २०१३ मा ९७ वर्षको उमेरमा भयो । तिनै विश्व प्रसिद्ध व्यक्तिका १० महत्वपूर्ण भनाईहरु यहाँ प्रस्तुत गरेका
छौं ।

१.शिक्षा एक त्यस्तो शक्तिशाली हतियार हो जसको प्रयोगले तिमीले संसार बदल्न सक्छौ ।

२.स्वस्थ टाउको र स्वस्थ मुटुको संयोजन जहिले पनि भयानक हुन्छ । जब तिमी त्यसमा अलिकति ज्ञानको वा कलमको स्वाद मिसाउँछौ, त्यसपछि मान तिमीसँग केही विशेष छ ।

३.पछाडि बसेर नेतृत्व गरौं र अरुलाई यो ठान्न दिऔं कि उनीहरु नै अगाडि छन् ।

४.म महान कहिल्यै छैन, जबसम्म तिमी सोच्दैनौ सबै महान व्यक्ति भनेको सानै हुन्छ र सिकारु हुन्छ ।

५.सानो र आशावादी बनेर कसैले पनि जिन्दगी बाँच्ने सोच बनाएर कहिल्यै प्रगति हुँदैन बरु जहिले पनि म जिन्दगी बाँच्नका लागि सक्षम छु भनेर सोच्नु धेरै उत्तम हुन्छ ।

६. कहिल्यै नलडेर बाँच्नुमा भन्दा पटक – पटक लडेर उठ्नुमा जिन्दगीको धेरै खुशी मिल्छ ।

७. जब कसैले आफुले विश्वास गरेको जिन्दगी बाँच्नको लागि नकार्छ, तब ऊसँग जिन्दगीबाट बाहिर निस्कनु बाहेक अर्को कुनै विकल्प रहँदैन ।“

८. सबैभन्दा पहिले त तिमी आफुसँग इमान्दार बन । आफुमा परिवर्तन नभएसम्म तिमीले कहिल्यै पनि समाजलाई प्रभावित पार्न सक्दैनौ ।

९.तिमी उभिने ठाउँ त तिमी बस्ने ठाउँमै निर्भर हुन्छ ।

१०. मेरो सफलतालाई लिएर कसैले मनि मेरो मुल्याङ्कन नगर, मुल्याङ्कन गर्ने नै हो भने म कतिपटक लड्दै त्यहाँसम्म पुगें त्यसको मुल्याङकन गर ।

प्रतिक्रिया दिनुहोस्