हन्डुरसमा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प



एजेन्सी: मङ्गलबार राति १०ः५१ मा हन्डुरसको क्यारिवियन समुद्रको तटीय क्षेत्रमा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट भएको क्षतिको विस्तृत विवरण भने प्राप्त भएको छैन । भूकम्पको केन्द्रविन्दु ग्रेट स्वान द्वीपबाट करिव ४४ किलोमटिर पूर्वमा रहेको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था युएसजिएसले जनाएको छ ।

हन्डुरसको सङ्कटकालीन व्यवस्थापन निकाय सिओसिइसिओले तीनवटा विभिन्न तटीय जिल्लालाई लक्ष्यगरी सुनामीको चेतावनी दिइएको पनि युएसजिएसले जानकारी दिएको छ । मेक्सिको, जमाइका, हन्डुरस क्युबा, कोस्टारिका र यसको वरिपरिका क्षेत्रमा पनि उक्त भूकम्पपछि सुनामीको चेतावनी दिइएको एएफपीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्