मोडल नेपाल – २०१८ मा ४७ प्रतिस्पर्धी



काठमाडौँ, २६ पुस २०७४ : ‘दी सुपर मोडल नेपाल – २०१८’ को लागि ४७ जना मोडल प्रतिस्पर्धामा आएका छन् । ४७ जना मध्ये एकजना सन् २०१८ को सुपर मोडलको बन्ने छन् । प्यासिफिक इभेन्ट एन्ड मेनेजमेन्टद्वारा आयोजित प्रतियोगिताको दोस्रो सिजनका लागि प्रतिस्पर्धीहरू प्रशिक्षणमा व्यस्त रहेका छन् ।

‘दी सुपर मोडल नेपाल’ का प्रतियोगीलाई क्वाटवाकलगायत आत्मविका सम्बन्धी प्रशिक्षण कोरियोग्राफर रोजिन शाक्यले दिइरहेका छन् । यसअघि प्रतिस्पर्धीको ‘फोटोजेनिक’ सबटाइटलका लागि फोटोसुट सम्पन्न भइसकेको थियो । उक्त प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा माघ ५ गते काठमाडौँमा हुने आयोजक संस्थाका अध्यक्ष फुपूतेञ्जिङ शेर्पाले बताए ।

प्रतिक्रिया दिनुहोस्