बलिवुडका अभिनेता ऋतिकको जन्म दिन



मुम्बई, २६ पुस २०७४ : बलिवुडमा निकै चर्चित भएका अभिनेता ऋतिक रोशन ४४ वर्षमा प्रस्थान गरेका छन् । उनको जन्म १० जनवरी, १९७४ मा भएको थियो । फिल्म क्षेत्रमा २००० बाट ‘कहो न प्यार हे’ देखि बलिवुडसम्म अभिनेताको रुपमा अगाडी बढेका ऋतिक अरुपनि धेरै फिल्ममा सुपरहिट देखिदै आएका छन् ।

अभिनेत्री कंगना रनावतसंगको प्रेम प्रसंग र विवादका कारण पछिल्ला बर्षहरुमा अत्यधिक चर्चामा आएका ऋतिक पूर्व श्रीमती सुजेनसँग डिभोर्स भएपछि अहिले ऋतिक सिंगल छन् । सुजेनसँग दुई छोराका पिता रहेका ऋतिक बलिवुडमा एक्सन र नृत्यका लागि विशेष रुपमा मनपराइन्छ ।

ऋतिकको जन्मदिनको अवसरमा उनकी पूर्वपत्नी सुजेनले सामाजिक सञ्जाल इन्स्टाग्राममा एक सेल्फी शेयर गर्दै उनलाई जन्मदिनको शुभकामना दिएकी छिन् । उनले लेखेकी छिन्, ‘तिमी सधै मेरो जिन्दगीको उज्यालो बन्ने छौ । जन्मदिनको शुभकामना ।’ ऋतिक र सुजेलको वर्ष २०१४ मा १४ वर्ष लामो बैबाहिक सम्बन्ध टुंगिएको थियो ।

ऋतिकले कैयौ फिल्ममा सहायक निर्देशकको रुपमा पनि काम गर्दै आयका र कृष, कोई मिल गया, मोहनजोदारो, काबिल, धूम २,   जोधा अकबर  जस्ता कयौं  फिल्ममा काम गरिसकेका  छन् ।

प्रतिक्रिया दिनुहोस्