युसुफ पठान निलम्बित



एजेन्सी, २६ पुस २०७४ : अलराउन्डर युसुफ पठानलाई प्रतिबन्धित औषधि प्रयोग गरेको आरोपमा पाँच महिनाका लागि निलम्बन गरेको छ । भारतीय क्रिकेट बोर्डले गत वर्ष घरेलु ट्वान्टी– २० क्रिकेट प्रतियोगिता खेल्दा लागू औषध प्रयोग गरेको जनाएको छ ।

अफ स्पिन बलिङ गर्ने पठानले भारतका लागि ५७ एकदिवसीय, २२ ट्वान्टी–२० क्रिकेट खेलिसकेका छन् । उनले नियमित इन्डियन प्रिमियर लिग खेल्दै आएका छन् । २०१४ मा उनले १५ बलमा ५० पूरा गर्दै आइपिएलमा सबैभन्दा छिटो अर्धशतक पूरा गर्ने खेलाडी बनेका थिए । पठानले ‘क्षमता बढाउन नभई खोकीको औपधि खाँदा उक्त पदार्थ शरीरभित्र गएको’ बताएका थिए ।

‘डोपिङ परीक्षणमा असफल हुने पठान भारतका दोस्रा खेलाडी हुन् । यसअघि २०१३ मा दिल्लीका बायाँहाते तीव्र गतिका बलर प्रदीप सङवानलाई १८ महिनाका लागि प्रतिबन्ध लगाएको थियो । पछिल्लो पटक २०१२ मा भारतको प्रतिनिधित्व गरेका ३५ वर्षे पठानलाई अगाडिको मिति राखेर कारबाही गरिएकाले उनको निलम्बन जनवरी १४ मा फुकुवा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्