चिकित्सक केसीको बहस आज, अस्पतालबाट अदालत लगियो



काठमाडौं २६ पुस । स्वास्थ्यमा समस्या देखिएपछि वीर अस्पताल लगिएका चिकित्सक गोविन्द केसीलाई बहसका लागि अदालत लगिने भएको छ । उनलाई बहसका लागि १० बजे अदालत उपस्थित गराइने केसीका सहयोगीहरूले जानकारी दिएका छन् ।

अनशनरत डा. गोविन्द केसीलाई अदालतको अवहेलना गरेको भन्दै सोमबार राति पक्राउ गरेर हिरासतमा राखिएका थियो ।
मंगलबार पनि दिनभर उनलाई सर्वोच्चमा उपस्थित गराएर बयान लिइएको थियो । बेलुका उनको स्वास्थ्यमा केही समस्या देखा परेपछि वीर अस्पतालमा भर्ना गरिएको सहयोगीहरूले बताएका हुन् ।

८ घण्टासम्म अदालतमा रहेका केसीले आफ्नो बयानमा पनि प्रधान न्यायाधीशमाथि नै अनुसन्धान गर्नुपर्ने र उनैले नै अदालतको अवहेलना गरेको बताएका छन् ।

यसैबीच केसीको समर्थनमा जुलुस निस्कन सक्ने आशंका गर्दै सरकारले आज सिंहदरबार वरिपरीको सुरक्षा व्यवस्था कडा पारेको छ । न्यायाधीश पुरूषोत्तम भण्डारी र वमकुमार श्रेष्ठको इजलासको पहिलो नम्बरमा पेसी तोकिएको अदालत स्रोतले परिवर्तन खबरलाई जानकारी दियो ।

प्रतिक्रिया दिनुहोस्