अचानक किन जाँदैछन् अध्यक्ष ओली बैंकक ?



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बुधबार बैंकक प्रस्थान गर्दैछन् । उनी १२ः ३० बजे त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।
‘कोल्ड डाइरिया’का कारण केही समयदेखि घरमै उपचार गरिरहेका अध्यक्ष ओली नियमित स्वास्थ्या जाँच (फलोअप)का लागि थाइल्यान्ड जान लागेका हुन् ।

दुवै मृगौलाले काम गर्न छाडेपछि मृगौला प्रत्यारोपण गरेका ओली नियमित स्वास्थ्य जाँचमा जाने गरेका छन् ।

यसअघि नै स्वास्थ्या जाँच गर्नुपर्ने भएता पनि निर्वाचन, राजनीतिक दौडधूपले ‘फलोअप’मा ढिलाइ भएको उनका निजी सहयोगी राजेश बज्राचार्यले परिवर्तन खबरलाई जानकारी दिए । उनी एक साता बैंककमा रहने उनले जानकारी दिएका उनले जानकारी दिएका छन् ।

अध्यक्ष ओली अस्वस्थ भएपछि सोमबार पार्टी स्थायी समितिको बैठक र मंगलबार एकता संयोजन समितिको बैठक पनि ओली निवास बालकोटमै बसेको थियो ।

अध्यक्ष ओली बैंकक जानेभएपछि पार्टी एकता लम्वियो
अध्यक्ष ओली बुधबार बैंकक जाने भएपछि पार्टी एकता लम्बिएको छ । मंगलबार पार्टी एकता संयोजन समिति गठन भए पनि सामान्य कार्यदलबाहेक वैचारिक सांगठनिक उपसमिति निर्माण हुन सकेन । जसले गर्दा पार्टी एकता प्रक्रिया लम्बिने बताइएको छ ।

मंगलबार गठन गरिएको कार्यदलमा एमालेबाट नेता सुवास नेम्वाङ, शंकर पोखरेल र सुरेन्द्र पाण्डे रहनुभएको छ भने माओवादी केन्द्रबाट नेता रामबहादुर थापा, वर्षमान पुन र मातृका यादव रहेका छन् । बैठकपछि संचारकर्मीलाई प्रतिकृया दिँदै एमाले नेता वामदेव गौतमले राष्ट्रियसभा निर्वाचन तथा प्रदेशसभा र प्रदेश सरकार गठनका बारेमा कार्यदलले काम गर्ने जानकारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्