नेपाली युवालाई ४६ देशको समर्थन



काठमाडौँ, २५ पुस २०७४ : सुन्ने बित्तिकै सबै नेपालीहरु गौरवान्वित हुने एउटा महान  काम गर्न नेपालका केहि युवाहरु लागिपरेका छन् । विश्ववन्धुत्व प्रति प्रतिवद्धता अभियान (Commitment to International Brotherhood Campaign- CIB Campaign) जुन अभियानको आधिकारिक नाम रहेको छ । जसलाई मन पराएर अहिलेसम्म ४६ देशका युवाहरुले साथ दिई सकेका छन् ।

यस अभियानका अनुसार  रास्ट्र, राजनिति,  धर्म, दर्शन,  सामाजिक दायरा र चिन्तन मानव जातिका पहिचान हुन् । मानवता,  वन्धुत्व र सद्भावले सन्सारलाई जोड्ने महान लक्ष्यका लागि यो अभियान अगाडी बढाएइको उक्त संस्थाका अध्यक्ष नारायण प्रसाद पहाडीले बताएका छन् । उनका अनुसार हरेक महिना अनालाइनबाटै नियमित बैठक संचालन हुने गरेको समेत पहाडीले जानकारी गराएका छन् । यस्तो महान् अभियानमा सम्पुर्ण नेपालीहरुको साथ र समर्थन रहेको हुँदा  इच्छुक अभियन्ताहरुलाई यसै सञ्चार माध्यमबाट साथ, समर्थन र सहयोग गर्न समेत  अपिल गरिएको छ ।

विश्वमा रहेका संपुर्ण देशहरुलाई आबद्ध गराई नेपाललाई सगरमाथाको देश तथा गौतम बुद्धको जन्मभुमि भनेर चिर–परिचित गराउदै नेपालमा अन्तर्राष्ट्रिय सम्मेलन गरि मानवताको क्षेत्रमा योगदान गर्ने उक्त अभियानको प्रमुख लक्ष्य  रहेको पनि पहाडीले बताए ।

प्रतिक्रिया दिनुहोस्