उच्च पुरस्कार राशिको आहा-रारा गोल्ड कप हुँदै



२५ पुस २०७४ : आगामी माघ ९ देखि २० सम्म आहा-रारा गोल्ड कप हुने केशवबहादुर थापाले जानकारी दिए । मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा उनले बाताए ।

प्रतियोगितामा बंगलादेशको उत्तर बरिन्धरा क्लब, भारतको युनाइटेड सिक्किम फुटबल क्लब, मनाङ मस्र्याङ्दी क्लब, थ्री–स्टार क्लब, संकटा क्लब, रमपम झापा ११ फुटबल क्लब, धरान फुटबल क्लब, सुदूरपश्चिमाञ्चल ११ स्पोर्टिङ क्लब, ३ विभागीय टिम नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब तथा सशस्त्र प्रहरी बलको एपीएफ क्लब र आयोजक सहारा क्लबले सहभागिता जनाउने छन् । यस बर्ष आहा रारा गोल्ड कप हेर्ने भाग्यशाली एक दर्शकलाई सहारा हङकङबाट स्कुटर प्रदान गरिने अध्यक्ष थापाले बताए। अर्को एक दर्शकले एकथान एलजी  टिभी प्राप्त गर्ने उनले बताए ।

क्लबले प्रतियोगिता पोखरा रंगशालामै गर्ने भएको छ। मूल आयोजक समितिका सदस्य सचिव फुटबल मैदान वरपर अस्थायी प्याराफिट निर्माण गरी प्रतियोगिता सञ्चालन गर्ने जानकारी दिए ।

अन्तर्राष्ट्रियस्तरको फुटबल मैदान बनाउन हाल पोखरा रंगशालाको पुरानो प्यारापिट धमाधम भत्काउने कार्य चलिरहेको छ । रंगशाला बनाउन ग्लोबल टेन्डर आह्वान भइसकेको छ । साथै उनले बाताए अनुसार प्रतियोगितामा नेपाल, भारत र बंगलादेशका गरी १२ टिम सहभागी हुनेछन् । प्रतियोगिताको उपाधि विजेता र उपविजेताको पुरस्कार राशिमा क्रमश: २ लाख र १ लाख रुपैयाँ बृद्धि गर्ने क्लबले जनाएको छ। प्रतियोगितामा विजेताले ७ लाख १ हजार र उपविजेताले ३ लाख ५१ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

स्मरण रहोस क्लबले गतवर्ष विजेतालाई ५ लाख १ हजार र उपविजेतालाई २ लाख ५१ हजार रुपैयाँ प्रदान गरेको थियो। आहा रारा गोल्ड कप मोफसलकै प्रतिष्ठित फुटबल प्रतियोगिता भएकोले पुरस्कार राशिमा यो पटक वृद्धि गर्नुपरेको अध्यक्ष थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्