जाम्बियामा अझै रोकिएन हैजा प्रकोप



लुसाका, २५ पुस २०७४ : जाम्बिायाको राजधानी लुसाकामा अहिलेसम्म पनि हैजाको प्रकोप रोकिएको छैन । यो सङ्क्रमणबाट अहिलेसम्म ३० जनाको मृत्युभएको स्वास्थ्य अधिकारीले मङ्गलबार जनाएका छन् । हैजाको सङ्क्रमण भएका सयौँ जना बिरामी अस्पताल भर्ना भएका पनि बताइएको छ । हैजाबाट प्रभावित भएकाको संख्या करिब एक हजार पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हैजाको प्रकोप अझै फैलिने खतरा रहेकोले गम्भीररुपमा यसको निराकरणका उपाय अवलम्बन गर्न सरकारको ध्यानाकर्षण गराइएको छ । विश्व स्वास्थ्य संगठनले आगामी दिनमा पनि झाडापखालाको प्रकोप अझ बढ्न सक्ने चेतावनी दिएको छ । संगठनले वर्षा याममा यस्ता बिरामी बढ्नेतर्फ ध्यानाकर्षण पनि गराएको छ ।

उक्त संगठनले हैजाको प्रकोप अझ नबढोस् भनेर विभिन्न कार्यक्रम सञ्चालन गर्न र आगामी दिनमा सफा पानीको उपलब्धताको सुनिश्चित गर्न पनि आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्