राष्ट्रियसभा निर्वाचनका लागि ठुला दलले दर्ता गर्न बाँकि



काठमाडौँ, २५ पुस २०७४ : माघ २४ गते हुन लागेको राष्ट्रियसभा निर्वाचनको लागि १० वटा राजनीतिक दलले मात्र निर्वाचन आयोगमा दल दर्ता गरेका छन् । गरेको आयोगका कानून तथा राजनीतिक दल सम्बन्ध महाशाखाका शाखा अधिकृत धर्मचन्द्र तिमिल्सेनाले जानकारी गराउनुभयो ।

आयोगले यही पुस १४ देखि २८ गतेसम्म निर्वाचनका लागि राजनीतिक दललाई दल दर्ताको समय दिए पनि ठूला पार्टी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) सहित मधेशवादी दलले पनि अझै दल दर्ता गराएका छैनन् । उहाँका अनुसार नेपाली काँग्रेस, राष्ट्रिय जनमोर्चा, नेपाल संघीय समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी, बहुजन शक्ति पार्टी, नेपाल परिवार दल, नेपाल नौलो जनवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातन्त्रवादी), विवेकशील साझा पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले दल दर्ता गरेका छन् ।

राष्ट्रियसभामा प्रत्येक प्रदेशबाट आठ जनाका दरले ५६ जना निर्वाचित हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्