खेलकुद सप्ताह पुस २९ गतेबाट शुरु हुने



काठमाडौँ, २५ पुस २०७४ : राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (एन प्याब्सन) नेपाल, काठमाडौँको आयोजनामा खेलकुद सप्ताह यही पुस २९ गतेबाट शुरु हुने भएको छ । काठमाडौँको विभिन्न स्थानमा हुने खेलकुद सप्ताहमा पाँचवटा स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक खड्गबहादुर बस्नेतले यहाँ आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

प्रतियोगितामा फुटबल, तीन हजार मिटर दौड, सटपुट, १०० मिटर दौड र एक गुणा सय मिटर दौड हुनेछ । प्रतियोगितामा काठमाडौँका करिब १०० विद्यालयको सहभागिता रहने आयोजकले जनाएको छ । उक्त प्रतियोगिताका विजयी खेलाडीले ट्रफी, मेडल तथा प्रमाणपत्र पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्