जनादेशलाई दराजमा थन्काउन पाइँदैन : नेम्वाङ



काठमाडौँ, २३ पुस २०७४ : सञ्चार केन्द्र नेपालले आज यहाँ आयोजना गरेको ‘वाम गठबन्धनका चुनौती र अब बन्ने स्थायी सरकार’ विषयको अन्तक्र्रियामा नेकपा (एमाले) का नेता सुवास नेम्वाङले निर्वाचनमा दिइएको जनादेशलाई दराजमा थन्काएर राख्दा जनताको अधिकार हनन हुने बताउनुभएको छ ।

उहाँले  जनादेशलाई चाँडोभन्दा चाँडो निष्कर्षमा पुर्याउनुमा जोड दिँदै निर्वाचन आयोगलाई जनादेशलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो । “अद्यावधिक निर्वाचन भइसकेपछि मुलुकलाई तार्किक निष्कर्षमा पुर्याउने काम गर्नुपर्छ”, उहाँले भन्नुभयो, “लोकतान्त्रिक मूल्यमान्यताअनुसार निर्वाचन भएपछि मत परिमाण सार्वजनिक गर्नुपर्दछ ।”

पूर्वसभामुख नेम्वाङले प्रतिनिधिसभाको मत परिमाण सार्वजनिक नगरेर सरकार गठनको समयलाई लम्ब्याउन खोजिएको आरोप पनि लगाउनुभयो ।  उहाँले सरकारले प्रदेश प्रमुख मात्र नभई प्रदेश मुकाम पनि तोक्नुपर्ने बताउनुभयो । “जिम्मेवारी पूरा गर्ने ठाउँमा बस्न रहर गर्ने तर बसिसकेपछि त्यो जिम्मेवार पूरा नगर्ने काम हुनुहुँदैन”, उहाँले थप्नुभयो,

“कि जिम्मेवारी पूरा गर्न नसक्ने हो भने कुर्सी छोड्नुपर्यो ।”

प्रतिक्रिया दिनुहोस्