महत्वपूर्ण कागजपत्र सिसी क्यामेराको सहयोगबाट भेटियो



उदयपुर, २३ पुस २०७४ : गाईघाट बजारमा एक व्यक्तिले हराएर माया मारेको महत्वपूर्ण कागजपत्र सिसी क्यामेराको सहयोगबाट भेटिएको छ।

त्रियुगा नगरपालिका ११ स्थित गाईघाटको लक्ष्मी बैंक नजिकबाट हराएको महत्वपूर्ण कागजपत्र प्रहरीले सिसी क्यामेराको सहयोगबाट फेला पारेको हो।

‘बजार क्षेत्रमा हुने घटनालाई अहिले प्रहरीले सिसी क्यामेरा मार्फत निगरानी बढाएको छ’, उनले भने, ‘बजारमा हुने दैनिक गतिविधि जिल्ला प्रहरी कार्यालबाट निगरानी हुन्छ।’ गाईघाट बजारमा सुरक्षा व्यवस्थालई चुस्त बनाउने उद्देश्यले सोलार बत्तीसहितको सिसी क्यामेरा (क्लोज सर्किट) जडान गर्न गरिएको छ।

त्रियुगा नगरपालिका, जिल्ला प्रहरी कार्यालय र त्रियुगा उद्योग वाणिज्य सघंको लगानीमा सिसी क्यामेरा जडान गरिएको हो। अहिले प्रहरीलाई त्यसै सिसी क्यामेराले सहयोग पुर्‍याउदै आएको प्रहरी प्रमुख एसपी भट्टले बताए। त्रियुगा नगरपालिका अनुसार मुख्यचोक, बैंक लाइन, पिपलचोक लगायतका मुख्य बजार क्षेत्रमा क्यामेरा जडान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्