सिटी एफए कपको चौथो चरणमा म्यानचेष्टर



लन्डन, २३ पुस २०७४ : शनिबार राति सम्पन्न खेलमा बर्नलेलाई ४-१ ले हराउँदै  सिटी अघिल्लो चरणमा प्रवेश गर्न सफल भएको हो। म्यानचेष्टर सिटी एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ।

सिटीलाई विजयी गराउन खेलको ५६ र ५८औं मिनेटमा सर्जियो अग्युइरो, ७१औं मिनेटमा लिरो साने र ८२औं मिनेटमा बर्नाल्डो सिल्भाले गोल गरेका थिए। खेलमा अग्रता भने बर्नलेले लिएको थियो। उसका लागि खेलको २५औं मिनेटमा बामेसले गोल गरेका थिए।

यता राति नै भएको अर्को खेलमा चेल्सी भने नर्विच सिटीसँग गोल रहित बराबरीमा रोकिएका छ। अब चौथो चरण प्रवेशका लागि चेल्सी र नर्विच सिटीबिच फेरि खेल हुनेछ।

त्यस्तै रातिनै सम्पन्न अन्य खेलहरुमा मिडल्सब्रोले सन्डरल्याण्डलाई २–०, वाटफोडेले ब्रिस्टोल सिटीलाई ३–०, न्युकासल युनाइटेडले लुटनलाई ३–१, हडल्सफिल्डले बोल्टनलाई २–१, पिटरब्रोग युनाइटेडले एस्टन भिल्लालाई ३–१, बर्मिङगम सिटीले बर्टनलाई १–० र हलसिटीले ब्लाकवर्नलाई २–१ ले पराजित गरेका छन्।

प्रतिक्रिया दिनुहोस्