दाङमा हवाई सेवा सुरु



दाङ, २३ पुस २०७४ : राप्तीको सबैभन्दा पूरानो विमानस्थल दाङको टरिगाउँ विमानस्थलमा आइतवारदेखि हवाई उडान सुरु भएको छ । पटक पटक गरेर पाचौं पटक सम्म बन्द भएको दाङको हवाई सेवा यो उडान सँगै नियमित हुने अपेक्षा सर्वसाधारणले गरेका छन्। पछिल्लो समय ३ वर्ष पछि आइतबारबाट उडान सुरु भएको हो।

विभिन्न सरकारी तथा निजी संघसंस्था र प्रतिनिधिहरुले नियमित हवाई उडानको पहल गरेको भएपनि त्यो सफल हुन सकेको थिएन। कच्ची धावन मार्ग भएको भन्दै ५ वर्ष पहिले टरिगाउँ एरपोर्टको धावनमार्ग कालोपत्रे गरिएकोथियो। धावनमार्ग कालोपत्रे भएपनि दाङमा नियमित उडान हुन सकेको थिएन।

नियमित उडानका लागि इन्धन नभएको भन्दै इन्धन डिपो हुनुपर्ने र इन्धन आपूर्ती हुनुपर्ने भन्दै कुनै पनि एरलाइसले सेवा दिन मानेका थिएन। समिट एयरले भने तुलसीपुर उपमहानगरपालिकाले यात्रु र इन्धनको व्यवस्था मिलाई दिने सर्तमा नियिमित हवाई सेवा सुरु गर्न राजी भएको हो।

निजी विमान कम्पनी समिट एयरले व्यवसायिकरुपमा उडान भर्न सुरु गरेको एरलाइन्सका निर्देशक मनोज कार्कीले वताए। तुलसीपुर टरिगाउँको हवाई सेवाका लागि काडमाडौं – तुलसीपुर र तुलसीपुर -काठमाण्डौ हप्तामा दुइ दिन आइतवार र शुक्रवार उडान हुने छ। नियमित उडानको सुरुवाती गरेको एयरलान्स परिवार, यात्रु र चालकदलका सदस्यहरुलाई नगरको तर्फबाट एरपोर्टमै भब्य स्वागत गरिएको थियो।

काडमाडौ-दाङ ७ हजार २ सय र दाङ -काठमाण्डौ ६ हजार ८ सय रुपैयाँ हवाई भाडा तोकिएको छ। सानो जहाज भएकाले यो भाडा तय भएको र दैनिक उडान भएमा ठूला जहाज सञ्चालनमा आएमा भाडादर घट्ने एरलाइनसले बताएको छ। धावनमार्गको रनवे छोटो भएकाले ठूला जहाजहरु अहिले नै नआउने भएकाले साना १८ सिटे जहाजबाट नियमित उडान सुरु गरिएको तुलसीपुर उपमहानगरका प्रमुख घनश्याम पाण्डेले बताए।

प्रतिक्रिया दिनुहोस्