फर्कने पुल भत्किसकेको कुराले विदेशीएका नेपाली घर फर्कदै : प्रचण्ड



प्रिय परिवर्तन
मिठो सम्झना ।

अहिले हामीलाई यो विदेशी भूमिमा तिम्रो झझल्को आउन थालेको छ । यदि हामी हाम्रै धर्तीमा आफ्नै जन्मभूमिमा भएको बेला तिमी जन्मेको भए सायद नै यो नर्क लोकमा आउनुपर्ने थिएन होला । तिमीले जुन सकारात्मकता र विकासका लागि जन्मिएर काम गर्न थाल्यौ, त्यो तिम्रो महानता हो । जसरी तिमीले अस्पतालमा ट्वाइलेट सफा गर्ने साहस देखायौ, जसरी खानेपानीमा अनुसन्धान गर्यौ । यस्तैगरी, अगाडि बढ्नु हाम्रो तर्फबाट लाखौैँ लाख शुभकामना ।

अहिलेको जल्दोबल्दो राजनेता प्रचण्डले सिन्धुली काठमाडौँ सम्पर्क मञ्चमा गर्नुभएको फर्कने पुल भत्काएर अगाडि बढेको कुरा अनि मेरो प्यारो सिन्धुलीका आजादले उहाँलाई प्रेरणा दिनुभएका कुरा यहि बसेर सुन्न पाउँदा अत्यन्तै खुशी लाग्यो । योगेश भट्टराई दाईले अग्रज बुढा नेताहरुले अहिले ८०% अंक प्राप्त गर्नुभयो । एकीकरणपछि १००% अंग पुग्छ, त्यसपछि परिक्षा नदिनुहोस् । नेपाल र नेपालीको लागि तपाईहरुले दिनुभएको योगदान अरु देशका विश्वविद्यालयमा पढाउन जानुहोस्, किताब लेख्नुहोस् । त्यसपछि दोस्रो पुस्तामा पनि देशको स्टेरीङ्गमा बस्न सक्ने तयार भइसकेको जानकारी दिएको साथै सिन्धुलीको जुनार चुनावपछि मिठो रसिलो भएको प्रकृति पनि खुशी भएर यस्तो हुन गएको सुन्न पाउँदा धेरै खुशी लागेको छ । अन्ततः प्रचण्डले हामी फर्कने पुल भत्किसकेको र अब एक भएर देशको विकास गर्न लागिपर्ने भन्नु भएको कुरा सुन्न पाउँदा हामी पनि देशमै, आफ्नो गाउँमै शान्तसँग बस्न र विकासीय काम गर्न आउँदै छौँ । तिमीसँगै बसेर काम गर्ने इच्छा छ, साथ दिन्छौ नै होला भन्ने आशा छ । धेरै पाठक बनाउ, राम्रो काममा धेरै समय बिताउ, गफ गर्नेको विज्ञापन गर्नुभन्दा काम गर्ने र हामी प्रदेशीएका जनताको सुख, दुःखको सूचनाबाट श्रमको लागि विदेश जानु हुँदैन भन्ने जानकारी गराउ बन्दै यो पत्रबाट बिदा हुन्छु । हवस् त धन्यवाद ।

उही तिम्रा मित्रहरु
१.जमुना लिम्बु

२.मंगली तामाङ्ग

विदेशी भूमि कुवेत

(उहाँहरुकै भाषामा यो पत्र लेखिएको)

 

प्रतिक्रिया दिनुहोस्