आजको राशिफल



वि.स. २०७४ साल पुस २३ गते तद्अनुसार ७ जनवरि २०१८ नेपाल संवत ११३८ कृष्ण पक्ष षष्ठी तिथी ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

पुरानो कार्य पुरा गर्ने नविन कार्यको शुरुवात गर्ने अवसर मिल्नेछ । आफन्तको सल्लाहा पनि सर्वश्रेष्ठ हुने देखिन्छ । मनमा आजको दिनभर प्रसन्नता मिल्नेछ । मिस्ठान्न भोजनको समेत योग देखिन्छ ।

बृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

झैझगडामा न्यायधिष बन्नुपर्ने देखिन्छ । प्रतिभाको उचित कदर हुनेछ । निजि कार्यमा कडा परिश्रम गर्नु पर्नेछ । मनमा उत्साह उमंग बढ्ने देखिन्छ । भोज भतेरमा समेत सामेल हुनु पर्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

स्वजन मित्रको सहयोग मिल्नेछ । नकरात्मक बिचार आउला सावधान  रहनुहोस । ब्यापारी क्षेत्रका व्यक्तिलाई भने लाभ मिल्ने देखिन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

सरल तरिकाले ठुलो काम सम्पन्न हुनाले मनोवल बढ्नका साथै प्रसन्न हुनु हुनेछ । वोलिको प्रभाव बढ्ने, गुमेको धन प्राप्त हुने देखिन्छ । मान सम्मान मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आम्दनी भन्दा खर्च बढि होला आवस्यक समानको जोगो गर्न ढिला सुस्ती हुनाले आत्मबल घट्ने देखिन्छ । व्यापारमा लाभ मिल्ने धार्मिक आस्था बढेर जाने देखिन्छ ।

कन्या (टो, पा, पि, पु ष, ण, ठ, पे, पो)

एक्लो पनको महसुस हुनेछ । खोज अनुसन्धान तिर ध्यान जानेछ । झैझमेलाको भकारीमा फस्नु पर्नेछ । आफन्तले विश्वास घात गर्नेछन् । पढाईको सफलताले साहास वढेर जानेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

प्राविधिक कार्यको तारिफ मिल्नेछ । नयाँ कार्यको शुरुवात नगर्दै राम्रो देखिन्छ । आलस्यताले शरिरलाई अस्वस्थ वनाउला । व्यापार वृद्धि तथा आर्थिक उपलव्धी हुने देखिन्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

प्रशंसाको पात्र बन्ने, व्यवसायीक लाभ मिल्ने, पदोन्नती हुने, अचल सम्पती जोडिने साथै मित्रजनबाट सहयोग मिल्ने देखिन्छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

धार्मिक यात्रा शुभ रहने, सामाजिक कार्यमा व्यस्त हुनुपर्ने साथै कार्यमा सफलता मिल्ने आफु अनुकुल समस्या हल हुने देखिन्छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)

स्वास्थ्य गडवडी हुने अनावस्यक कार्यमा सहभागी हुनुपर्ने देखिन्छ । विद्यामा रुचि बढ्ने नयाँ आम्दानीको श्रोत खुल्ने देखिन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

पारीवारिक मेलमिलापमा खटपट हुने, विना कारण दोषी वन्नुपर्ने देखिन्छ । विद्यार्थीहरुको लागि अनुकुल समय छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

आफन्तबाट धोका हुन सक्ला आफ्नै प्रयासले महत्वपूर्ण काम बन्नेछ, शरिर फुर्तिलो रहनेछ । स्वास्थ्यमा सुधार आउनाको साथै भाग्यमा चिट्ठा पर्ने, नयाँ जिम्वेवारी थपिने देखिन्छ ।

– ज्यो. प. पेसल कुमार उपाध्याय

प्रतिक्रिया दिनुहोस्