पुष्पलाल मेमोरियल कलेजको स्वागत तथा बिदाइ कार्यक्रम



काठमाडौँ, २२ पुस २०७४ : पुष्पलाल मेमोरियल कलेजले सदाका वर्षझै स्वागत तथा बिदाइ समारोह २०७४ भव्यता साथ सम्पन्न गर्याे ।

कार्यक्रममा कक्षा ११ र स्नातक तह प्रथम वर्षका विद्यार्थीहरुलाई स्वागत र स्नातक तह चोथौ वर्षका विद्यार्थीलाई बिदाइ कार्यक्रम गरेको थियो । उक्त कार्यक्रममा विद्यार्थिहरुको विभिन्न प्रतिभामा प्रस्तुति देखाएका थिए । साथै  विद्यार्थिहरु साँस्कृतिक कार्यक्रमबाट भरपुर मनोरञ्जन लिइएको देखिन्थ्यो । कार्यक्रम ए वान पार्टी प्यालेस चाबहिलको हलेसी र खाँडादेवी हलमा रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्