सलमान रोए अदालतमा



मुम्बई, २२ पुस २०७४ – कालो हरिणको शिकार मुद्दामा अदालत पुगेका बलिउड अभिनेता सलमान खान अदालतमा भावुक भएका छन्।

१९९८ मा भएको यो घटनाको २० देखि कानूनी प्रक्रिया जारी छ। मुद्दाको बहसका क्रममा विहीबार अचानक जोधपुर अदालत पुगेका सलमान घटनाका प्रत्यक्षदर्शी पूनमचन्दको भिडियो देखेर भावुक बनेका हुन्।

भारतीय सञ्चारमाध्यमका अनुसार सलमान आउँदा उक्त भिडियो बहसकै क्रममा इजलासमा देखाइएको थियो। जब भिडियो देखाइयो तब सलमानको आँखा आशुले भरिएका थिए। जुन बहसमा उपस्थित सबैले महसुस गरेका थिए।

बहसमा देखाइएको भिडियोमा प्रत्यक्षदर्शीले लगाएको आरोपको सलमानका वकिल हस्तीमल सारस्वतले अस्वीकार गर्दै पूनमचन्दको रेकर्डिंगमाथि प्रश्न उठाएका छन्। उनले जे कुरा भिडियोमा देखाइएको छ त्यो कागजमा नलेखिएको जिकिर गर्दै सलमानलाई फसाउन खोजिएको बताए। ‘प्रत्यक्षदर्शीको घरको ठेगाना नै गलत उल्लेख गरिएको छ। जुन अधिकारीले जाँच गरेका हुन गलत गरेका छन्, उनीविरुद्ध मुद्दा चलाउनुपर्छ। सलमानलाई झुटो रुपमा फसाउन खोजिएको छ,’ उनले भने।

सलमानमाथि २० वर्ष फिल्म ‘हम साथ साथ हैं’ को शुटिंगका क्रममा लूणी थाना इलाकामा दुई कालो हरिणको शिकार गरेको आरोप छ। यो वन्यजन्तु कानून विपरित अपराध भएको भन्दै उनीविरुद्ध मुद्दा दर्ता भयो जसको सुनुवाई आजसम्म पनि जारी छ।

प्रतिक्रिया दिनुहोस्