नेपालको विकास, सहकार्य आवश्यक : दाहाल



भरतपुर : शुक्रबार भरतपुर महानगरपालिकाको प्रथम नगरसभा उद्घाटनका क्रममा पूर्वप्रधानमन्त्री दाहालले दुवै छिमकी मुलुकसँग समन्वय गरेर नेपालको विकास गर्नुपर्ने बताए। ‘हिजो लामो समयदेखि राजामहाराजाले कुनै दललाई ‘प्रो भारत’ र कुनै दललाई ‘प्रो चीन’ भनेर खेल्ने गरेका थिए’, उनले भने, ‘अब दुवै छिमेकीसँग राम्रो सम्बन्ध कायम गरेर ‘प्रो नेपाल’को राजनीति गर्ने बेला आएको छ।’

छिमेकी मुलुकको सम्बन्ध सुधारेर समृद्धि ल्याउने विदेश नीति बनाउन आफू लागिपरेको उनको भनाइ छ। ‘हामी नेपालको राष्ट्रिय हितको पक्षमा भारत र चीनसँगको सम्बन्ध सुदृढ बनाएर समृद्धि ल्याउने विदेश नीतिको पक्षमा छौं’, उनले भने। राष्ट्रिय राजनीति अझै खतरामुक्त नभएको र मुख्य दलबीच सहमति एवं सहकार्य आवश्यक भएको उनले बताए।

एक सहर एक पहिचान एवं एकीकृत सहरी विकास योजनासमेत नीति तथा कार्यक्रमको प्राथमिकतामा छन्। योसँगै वातावरण तथा सरसफाइ र सामाजिक क्रियाकलापमा समेत महानगरले ध्यान केन्द्रित गरेको छ, कार्यक्रममा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भरतपुर महानगरकी प्रमुख रेणु दाहालले कसैलाई विभेदका दृष्टिले नहेरी नीति तथा कार्यक्रम प्रस्तुत गरिएको दाबी गरिन्।

प्रथम नगरसभामा महानगर प्रमुख रेणु दाहाल, पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल लगायत अन्य नेताहरुको उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्