काठमाडौं–तराई/मधेश द्रुतमार्ग निर्माण कार्यदलको भौतिक पूर्वाधारहरुको समुद्घाटन



आज मिति २०७४ पौष २१ गते काठमाडौं–तराई/मधेश दु्रतमार्ग (Expressway)आयोजना अन्तर्गत मकवानपुर जिल्लास्थित निर्माण कार्यदल सुरक्षा बेश लेनडाँडा र सुरक्षा बेश बुदुनेमा नवनिर्मित भौतिक पूर्वधारहरुको प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्रीले समुद्घाटन गर्नु भई आयोजनामा खट्टिनु भएका रथीबृन्द, अधिकृत, पदिक तथा अन्यदर्जाहरुलाई निर्देशन दिनु भएको छ ।

उक्त द्रुतमार्ग निर्माण गर्न आवश्यक पर्ने जनशक्ति, विष्फोटक पदार्थ लगायत विभिन्न बन्दोबस्ती सामाग्रीहरु भण्डारण र वितरण लगायतका कार्यहरु निर्माण सम्पन्न सुरक्षा बेशहरुबाट सहज हुने अपेक्षाकासाथ सुरक्षा बेशहरुको स्थापना गरिएको हो । हालसम्म ५ वटा स्थायी कार्यदल सुरक्षा बेश स्थापना भईसकेको र अन्य सुरक्षाबेशहरु आवश्यकता अनुसार स्थापनाको क्रममा रहेका छन् ।

समुद्घाटन कार्यक्रममा नेपाली सेनाका रथीवृन्द, अधिकृत, पदिक तथा अन्यदर्जाहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रम समाप्त गरी महारथी श्री क्षत्री आजै काठमाण्डौ फिर्ता हुनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्