बैंकक जाँदै ओली



काठमाडाै, २१ पुस २०७४ :  आगामी बुधबार नियमित स्वास्थ्य परीक्षणका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बैंकक जाने भएका छन् ।

केही समय अघि देखि अाेली झाडापखालाका कारण घरमै अाराम गरीरहेका थिए । अस्वस्थताकै कारण ओलीले केही दिनयता सार्वजनिक कार्यक्रम र भेटघाट बन्द गरेका छन् । मृगौला प्रत्यारोपणपछि बैंककमा नियमित स्वास्थ्य परीक्षण गराउँदै आएका ओली उपचारका लागी बैंकक जान लागेका उनका एक सहयाेगीले बताएका छन । अध्यक्ष ओलीको भ्रमण पुस २६ देखि ३० सम्मका लागि तय भएको एमाले स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्