वगानमा खिचेको यो फोटोबाट प्रेरित भई रबिन्द्र मिश्रले लेखे यस्ताे कविता …



काठमाडौँ, २१ पुस २०७४ : साहित्य र लेखनमा समेत कलम चलाउँदै अाएका पूर्व वीवीसी पत्रकार तथा विवेकशील साझा पार्टीका प्रतिनिधि सभा उम्मेदवार रविन्द्र मिश्रले समामाजिक सञ्जाल मार्फत तिमी र म शिर्षकमा कबिता कबिता लेखेका छन् ।

उनले फेसिबुकमा लेखेका छन् ” राजनीतिक यात्रा शुरू गरेपछि एउटा पनि नयाँ कविता लेखेको रहेनछु। तर हालै सिन्धुपाल्चोकको भोटेचौर नजिकै ‘मिनी इलाम’ चिया वगानमा खिचेको यो फोटोले मलाई यो कविता लेख्न प्रेरित गर्यो। जीवनका हरेक पक्षमा ‘कला’ मेरालागि प्रेरणा बन्ने गरेको छ। ”

पूरा कबिता पढ्नुहाेस् –

तिमी र म

धेरै टाढा हिउंको सिरकमा
अलि पर पहाडको पछ्यौरीमा
वगानमा बहकिएको हरियाली, अनि
बीचबीचमा मात्तिएर, उर्लिएर
सुस्ताएको नदीमा
कहाँ छैनौं हामी? तिमी र म…

तिमी र म
क्षितिजका बान्की-बान्कीमा
फुर्किएका पंधेरी, ओत र ओडारमा
झरेका चियाका पात
अनि नदी छेउ
पानी-पानी भएर बहेको पानीमा
कहाँ छैनौं हामी? तिमी र म…

तिमी र म
सेताम्यतामा रंगिएको सासमा
पहाडमा लजाएको परेलीमा
बुटानमा अल्झिएको तुना
अनि
नदीमा उघ्रिएको वेगमा
कहाँ छैनौं हामी? तिमी र म…

तिमी र म
खुल्दाखुल्दै बन्द भएका आँखामा
मुस्कुराउंदै मन्द भएका ओठमा
हाम्रो स्पर्श, आभा
भावना र आवेगमा
कहाँ छैनौं हामी? तिमी र म…
मेरा कवितामा
अन्नततामा, निरन्ततामा
ब्रम्ह, विष्णु र महेश्वर मा

कहाँ छैनौं हामी? तिमी र म…

(तस्बिर र कबिता रबिन्द्र मिश्रकाे फेसबुकबाट साभार गरिएकाे हाे)

प्रतिक्रिया दिनुहोस्