मित्रराष्ट्र जाम्बिया सेनाका आर्मी कमान्डर लेफ्टिनेन्ट जेनेरल पल मिहोभाद्वारा नेपाल भ्रमण



काठमाडौँ, पुस २०, २०७४ : मित्रराष्ट्र जाम्बिया सेनाका Army Commander Lieutenant General Paul MIHOVA, DFS psc plsc PM मिति २०७४ पौष १९ गतेदेखि ऐ. २५ गतेसम्म ७ (सात) दिने नेपालको औपचारिक सद्भावना भ्रमणको सिलसिलामा हिजो मिति २०७४ पौष १९ गते काठमाडौं आईपुग्नु भएको छ । उहाँलाई सैनिक ईन्टेलिजेन्स महानिर्देशक उपरथी श्री जगदिशचन्द्र पोखरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नु भएको
थियो ।

उहाँले आज मिति २०७४ पौष २० गते टुंडिखेलस्थित सैनिक मञ्चमा रहेको वीर स्मारकमा माल्यार्पण गर्नु भएको थियो भने उहाँको सम्मानमा जङ्गी अड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।

आजै उहाँले प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्रीसँग जङ्गी अड्डामा भेटवार्ता गर्नु भएको छ । भेटवार्तामा उहाँहरु बीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका बिषयमा छलफल भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्