उत्कृष्ट फुटबलर मेस्सीका, विश्व प्रसिद्ध १० तथ्यहरु 



काठमाडौँ, पुस २०, २०७४ – मेस्सी विश्वका एक मात्र त्यस्ता खेलाडी हुन जसले पाँच पटक फिफा बलेम डीओरको उपाधी जितेका  छन् । लियोनल मेस्सी दुनियाँका सबैभन्दा उत्कृष्ट फुटबलर मानिन्छन् । तीन पटक  युरोपियन  गोड्नेन  शुको उपाधी  जित्ने  उनी एक्लो फुटबलर हुन ।

पढ्नुस मेस्सीका जीवनका रोचक कुराहरु

१. अर्जेन्टीनालाई च्याम्पियन बनाउन नसकेपनि मेस्सी अर्जन्टिकाका सबैभन्दा सफल फुटबलर हुन । उनले आफ्नो टिमको लागि ५५ गोल गरेका छन् । यतिका गोल अर्जेन्टिनाको तर्फबाट अन्य कसैले गरेको छैन ।

२. फुटबलको कलाकारिताले विश्वलाई मुग्ध पार्ने मेस्सी बालककालमा ग्रोथ हरमोन सम्बन्धी रोगले ग्रसित थिए । उनको प्रतिरोध क्षमता कम थियो र आँखाको तेज कम हुँदै थियो । बढ्नको लागि उनलाई बाहिरबाट हर्मोन दिनुपर्थ्यो । यसको लागि उनले लगातार तिन वर्षसम्म हप्ताको सातै दिन खुट्टामा इन्जेक्सन लिएका थिए ।

३. मेस्सीको फुटबल प्रतिभालाई सबैभन्दा पहिले बार्सिलोनाले चिनेको थियो । क्लबले १३ वर्षको उमेरमा मेस्सीलाई सन् २००० डिसेम्बर १४ मा अनुबन्धन गरेको थियो । मेस्सीलाई आफ्नो क्लबमा आबद्ध गर्न बार्सिलोनालाई यति हतार थियो कि यो सम्झौता एक न्याप्किन पेपेरमा लेखेर गरिएको थियो ।

४. मेस्सी खानाको पारखी हुन । उनले बिफ, पोर्क, चिकन, टमाटर अनि प्याज निकै मन पराउँछन् ।

५. मेस्सीलाई सन् २००४ मा स्पेनले आफ्नो देशको लागि खेल्न अफर दिएको थियो । मेस्सीले यो अफर लत्याएका थिए । सो समय उनी अर्जेन्टीनाको तर्फबाट खेल्न  सुरु गरिसकेका  थिएनन् ।

६. अर्जेन्टीनाको तर्फबाट मेस्सीले सन् २००५ मा हंगेरीको विरुद्ध आफ्नो पहिलो अन्तराष्ट्रिय डेब्यु गरेका थिए। केवल १८ वर्षका मेस्सीले पहिलो म्याचमा केवल ४७ सेकन्ड मैदानमा बिताएका थिए । रेड कार्ड पाएपछि उनको पहिलो अन्तराष्ट्रिय म्याच ४७ सेकेन्डको मात्र रह्यो ।

७. मेस्सीका पूर्वज इटालियन मूलका थिए । उनको पूर्वज सन् १८८४ मा अर्जेन्टिना आएर बसेका थिए । मेस्सीकी आमा भने लेबनानी मूलकी हुन ।

८. मेस्सीको जन्म अर्जेन्टिनाको रोसारियोमा भएको थियो । यहिँ चे ग्वे भाराको पनि जन्म भएको थियो।

९. फुटबलको मैदान बाहिर, मेस्सी अन्यको सहायताको लागि निकै काम गर्दैछन् । उनले लियो मेस्सी फाउन्डेसनको गठन सन् २००७ मा गरेका थिए। उनले आफ्नो सहरमा बच्चाको लागि एक अस्पताल पनि बनाएका छन् । सिरियाली बच्चाको सहायताको लागि उनले सन् २०१३ मा आफ्नो कुल कमाइको एक तिहाइ हिस्सा दान दिएका थिए ।

१०. मेस्सीको छोराको जन्म सन् २०१२ नोभेम्बर २ मा भएको थियो । थियागोको जन्मको ७२ घण्टा भित्रै उनलाई नेवले ओल्ड ब्वायज क्लबले अनुबन्धित गर्यो । थियोगोको नामको ट्याटु मेस्सीले आफ्नो खुट्टामा कुदाँएका छन् ।

प्रतिक्रिया दिनुहोस्