टी–२० क्रिकेटमा न्यूजिल्यान्ड पहिलो



२० पुस, २०७४ – आइसिसी को टी–२० क्रिकेटमा न्यूजिल्यान्डले पहिलो स्थान हासिल गरेको छ । भर्खरै  इन्डिज विरुद्धका तीन  खेलमा  टी–२० सिरिज २–० ले जितेसँगै न्यूजिल्यान्ड वरीयताको पहिलो स्थानमा पुगेको हो ।

वेस्ट इन्डिजलाई जितेपछि तेस्रो स्थानमा रहेको न्यूजिल्यान्डले  पाकिस्तान र भारतलाई हरायपछि पहिलो स्थानमा कब्जा जमाएको हो। टी–२० खेल आगामी २२, २५ र २८ मा पहिलो स्थानको न्यूजिल्यान्ड र दोस्रो स्थानको पाकिस्तानबीच हुँदैछ । यो खेल पछि काे पहिलो स्थानमा पुग्छ भन्ने  हेर्न बाकीनै छ ।

अन्तर्राष्ट्रिय टी–२० वरीयताक्रम र अंक 

१. न्यूजिल्यान्ड – १२६ अंक
२. पाकिस्तान – १२४ अंक
३. भारत – १२१ अंक
४. इंग्ल्यान्ड – ११९ अंक
५. वेस्ट इन्डिज – ११५ अंक
६. दक्षिण अफ्रिका – १२२ अंक
७. अस्ट्रेलिया – १११ अंक
८. श्रीलंका – ८८ अंक
९. अफगानिस्तान – ८६ अंक
१०. बंगलादेश – ७६ अंक
११. स्कटल्यान्ड – ६७ अंक
१२. जिम्बावे – ६५ अंक
१३. युएई – ५२ अंक
१४. नेदरल्यान्ड्स – ४९ अंक
१५. हङकङ– ४६ अंक

प्रतिक्रिया दिनुहोस्