अोझेलमा पर्दै पुरातात्त्विक पौवा



मधुसुधन पाण्डे परिवर्तनखबर/अर्घाखाँची पौष १९ गते २०७४ : लामो इतिहास बोकेको अर्घाखाँची जिल्लाको पुर्व बल्कोटमा पर्ने ऐतिहासिक पौवा राजनीतिक खिचातानी र ब्यक्तिगत स्वार्थका कारण लोपोन्मुख हुदै गएको छ । दिनहुँजसो राजनीतिक भेटघाट र कार्यक्रमहरु भएपनि यसको संरक्षणमा कसैको ध्यान नगएको प्रति स्थानीय युवा यज्ञ प्रसाद सापकोटाले आक्रोस पोखेका छन ।उनलेे थपे बल्कोट पौवाको अथाह सम्पत्ति राजनीतिक संरक्षणमा निजीकरण गर्दै लगिएको बताए केही मात्रामा रहेको भौतिक संरचना पनि संरक्षणको अभावमा जिण् बन्दै गएको सापकोटाले बताएका छन पौवा संरक्षण एवम् क्याम्पस खोल्नको लागि केही बर्ष पहिला डा गोबिन्द टण्डनको अध्यक्षतामा पण्डित दिनबन्दु पोखरेल को प्रवचनमा महायज्ञ लगाएर करोडौं पैसा उठेको भएता पनि अहिलेसम्म त्यो पैसाको उचित सदुपयोग नभएको गुनासो पोखे अझैसम्म पनि कति पैसा उठन बाकी रहेको भनि हल्ला भएता पनि सम्बन्धित पक्ष बाट कसैलाई पनि जानकारी नगराएको प्रति गुनासो पोखे ।

सामाजिक काममा सक्रिय युवा सापकोटाले स्थानीय चुनाव मार्फत जनप्रती निधिहरु चुनिएर आए पनि यसप्रति कसैले पनि अहिलेसम्म आवाज नउठाएको बताएका छन यसै अनुरुप अगाडि बढने हो भने पुराना ऐतिहासिक संरचना र संस्कृतिहरु धरापमा पर्ने भन्दै सांस्कृतिक सम्पदाको संरक्षण गर्न यसको अगुवाइ युवाहरुले गर्नुपर्ने बताएका छन। आफु यस कार्यमा लागि परिरहेको र अागामि दिनमा पनि लागि पर्ने बताउदै यस क्षेत्रका देश बिदेशमा रहेका सम्पूर्ण युवाहरू लाई सहयोग र संरक्षणको लागि एकजुट हुन आग्रह गरेका छन ।

प्रतिक्रिया दिनुहोस्