
रबिन्द्र यादव/ परासी, १९ पुस २०७४ : नवलपरासीमा साकारात्म उद्देश्यले स्थापित फैजाने अहले बैत संस्था सामाजिक कार्यमा अगाडी बढीरहेको छ । संस्थाले समाजमा साकारात्म परिवर्त गर्न र सामाजिक विकृतिलाई विस्थापित गर्न एक अभियान नै लिएर स्थापित भएको हो । जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको कम समयमै संस्थाले रामग्राम नगरको सरसफाई, रक्तदान, विरामीहरुलाई फलफुल विरतण, हाजी विदायी कार्यक्रम, धार्मिक सहिष्णुता र सामाजिक सदभाव जोडने कार्यक्रमहरु गर्दै आएको छ । ईस्लामि धर्मावलम्बी र मुस्लिम समुदायका युवाहरुको एकताबाट संचालनमा आएको यस संस्थाले समाजमा राम्रो काम गरि आफनो छाप छोडने उद्देश्य बाकि अगाडी बढेको संस्थाका अध्यक्ष सैयद गुलाम हुसैन मिँयाले बुद्धबार एक कार्यक्रममा बताए । संस्थाले जिल्लाको सदरमुकाम परासीमा बुद्धबार संस्थाको कार्यालय खोली एक कार्यक्रम बिच उद्दघाटन समेत गराएको छ । संस्थाको काम कार्यवाही उक्त कार्यालयबाट संचालन हुने गरि संस्थाले रामग्राम नगरपालिका २ मस्जिद टोल स्थित संस्थाको कार्यालय खोली एक कार्यक्रम बिच उद्दघाटन गराएको हो । संस्थाका अध्यक्ष सैयद गुलाम हुसैनको अध्यक्षतामा भएको कार्यालय उद्दघाटन कार्यक्रममा कार्यक्रम प्रमुख अतिथि एवं पुर्व सांसद हाजी अलाउद्दिन अंसारीले गमलामा फुल रोपि र रिबन काटी कार्यालयको उद्दघाटन गरेका हुन् । कार्यालयको उद्दघाटन गर्दै प्रमुख अतिथि एवं पुर्व सांसद अंसारीले संस्थाको प्रगतिको कामना पनि गरेका थिए । उनले कार्यक्रमा बोल्दै भने, संस्थालाई अगाडी बढाउन सबै एकजुट भई लाग्न आवश्यक छ । उनले, संस्थालाई सामाजिक र व्यवहारिक रुपमा अगाडी बढाउन आर्थिक, भौतिक सहयोग गर्ने प्रतिबद्धता जनाए । संस्थाका अध्यक्ष सैयद गुलाम हुसैनले संस्थाको उद्देश्य माथि प्रकाश पार्दै संस्थाको उद्देश्य पुरा गर्न सबैको सहयोगको अपेक्षा राखे । उनले, गरिब तथा विपन्न परिवारको उपचारमा सहयोग गर्ने, लागु औषध न्युनिकरण गर्ने, विभिन्न जनचेतना मुलक कार्यक्रम गर्ने, पिछडिएको समुदायको जिवन स्तर माथि उठाउन विभिन्न जनचेतना एवं शिप मुलक कार्यक्रम गर्ने र मुस्लिम समुदायको नेतृत्व एवं क्षमता विकास गर्न विभिन्न नेतृत्व विकास तालिम समेतको आयोजना गर्ने यस संस्थाको मुख्य उद्देश्य रहेकाले सबै संग संस्थालाई आवश्यक सहयोगको अपेक्षा राखे ।
कार्यक्रममा विशिष्ट अतिथि एवं माओबादी केन्द्रका केन्द्रिय सदस्य बुद्धन अलि, युवा समाजसेवी अमिरुल्लाह मिँया, युवा समाजसेवी कासिद अलि, समाज सेवी हाजी ईस्हाक मिँया, हाजी सैयद ईजहार मिँया, हाजी सैयद मुख्ताल अहमद, मौलाना मोहर्रम अलि, मौलाना अमिरुल्लाह अंसारी, मौलाना सैयद सद्दाम हुसैन, मौलाना उमर अलि, मौलाना सेराज लगायतले संस्थाको उद्देश्य पुरा गर्न संस्थाको प्रगतिका लागि आवश्यक सहयोग गर्दै एकजुट भएर लाग्ने प्रतिबद्धता जनाए ।





