चित्रकला प्रदर्शनीबाट सोह्र लाख आम्दानी



काठमाडौँ, १९ पुस, २०७४ : वरिष्ठ चित्रकार शंकरराज सिंह सुवालले चित्रकला प्रदर्शनीबाट रु १६ लाख आम्दानी गर्नुभएको छ ।

आज यहाँ भएको कलाकारसँगको अन्तक्रिया कार्यक्रममा सुवालले प्रदशीनीको चार दिन बाँकी रहँदा नै आफूले चित्रकला बिक्रीबाट उक्त आम्दानी गरिसकेको जानकारी दिनुभयो । आगामी २२ गतेसम्म रहने सो प्रदर्शनी गत १३ गतेबाट नेपाल कला परिषद्मा शुरु भएको थियो ।

“कुनै चित्र एक दिनमा नै निर्माण सकिन्छ भने कुनै चार महिनासम्म लाग्ने गरेको छ”,  उहाँले भन्नुभयो । बाल्यकालदेखिनै कला क्षेत्रमा रुचि भए पनि व्यासायिकरुपमा सो क्षेत्र अंङ्गालेको उहाँलाई ६० वर्ष पुगेको छ ।

संस्कृति र इतिहास सम्बन्धि बढी चित्र कोर्नुभएको सुवालले अहिलेसम्मा दुई हजार चित्र बनाइसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “निर्माण गरे पनि राम्रोसँग कला देखाउने स्थानको अभाव छ ।” बहत्तर वर्षीय  सुवाल कला संरक्षण नगर्ने हो भने नेपालीको पहिचान नरहने हँुदा संरक्षण गर्नु अत्यन्तै आवश्यक रहेकामा जोड दिनुहुन्छ ।

प्रदर्शनीमा राखिएका चित्र रु १५ हजारदेखि रु  १५ लाखसम्मको रहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्