राष्ट्रिय अन्तरिक्ष चित्रकला प्रतियोगिताको नतिजा सार्वजनिक



काठमाडौँ, १९ पुस २०७४ : नेपाल एस्ट्रोनोमिकल सोसाइटीले विज्ञान दिवसका अवसरमा आयोजना गरेको राष्ट्रिय अन्तरिक्ष चित्रकला प्रतियोगिताको परिणाम सार्वजनिक गरेको छ ।

प्रतियोगितामा गण्डकी बोर्डिङ स्कूल पोखराका सुकृत सुवेदी प्रथम, डियरवाक स्कुल, सिफल काठमाडौँका उज्ज्वल राई द्वितीय, द सेलिब्रेसन को एड स्कुल, नारायणटार काठमाडौँकी रबिया खातुन तृतीय, अंकुर विद्याश्रम गौशालाकी नेहा दाहाल र क्रियटिभ एकेडेमी दमक, झापाकी समीक्षा गदैलीले सान्त्वना पुरस्कार पाएका छन् ।

प्रतियोगितामा पहिलो हुनेलाई ग्यालिलियो टेलिस्कोप तथा उत्कृष्ट पाँचै विद्यार्थीलाई प्रमाणपत्र दिइनेछ । आधारभूत शिक्षा लिइरहेका विद्यार्थीमाझ  प्रतियोगिता गरिएको सोसाइटीका अध्यक्ष सुरेश भट्टराई जानकारी दिनुभयो ।

गत असोज १ देखि कात्तिक २९ गतेसम्म गरिएको सो प्रतियोगितामा विभिन्न विद्यालयका २४  विद्यार्थीले भाग लिएका थिए । प्रतियोगीका चित्रको मूल्यांकनका लागि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ एवं पूर्व सदस्य सचिव ऋषि शाहको संयोजकत्वमा तीन सदस्यीय निर्णायक मण्डल गठन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्