सिन्धुली श्रेष्ठ समाज काठमाडौंद्वारा आयोजित बनभोज तथा सम्मान कार्यक्रम



काठमाडौँ, पुस १९, २०७४ : सिन्धुली जिल्लाबाट निर्वाचित प्रतिनिधि सभा र प्रदेश सभाका विजयी सभासदहरुलाई सिन्धुली श्रेष्ठ समाज काठमाडौंद्वारा आयोजित बनभोज तथा सम्मान कार्यक्रममा सम्मान गरिएको छ ।

उक्त कार्यक्रम समाजका अध्यक्ष कुमार लाल श्रेष्ठको अध्यक्षता र प्रमुख अतिथि नेवा देय दबुका महासचिव माइला बाबु देउलाको आतिथ्यता, अतिथिहरु नयाँ शक्ति नेपालका नेता श्री गङ्गा नारायण श्रेष्ठ र समाजका सल्लाहकारहरुको आतिथ्यतामा सम्पन्न भएको थियो  । कार्यक्रममा सिन्धुलि प्रतिनिधि सभा क्षेत्र न १ का सदस्य माननीय श्री गणेश पहाडी , प्रतिनिधि सभा क्षेत्र न २ का सदस्य माननीय  श्री हरिबोल गजुरेल , प्रदेस सभा क्षेत्र न १ (क) का सदस्य माननीय श्री राजन दाहाल , प्रदेस सभा क्षेत्र  १(ख) का सदस्य माननीय श्री प्रदिप कटुवाल , प्रदेस सभा क्षेत्र न २ (क) का सदस्य माननीय श्री बिनोद खड्का, प्रदेश सभा क्षेत्र न २ (ख) का सदस्य श्री माननीय वसन्त माझी लाई प्रमुख  अतिथिले दोसल्ला ओढाउनुका साथै समाजका अध्यक्ष कुमार लाल श्रेष्ठले रुद्राक्षको माला र सम्मान पत्रद्वारा सम्मान गरिएको थियो ।

बनभोज कार्यक्रम मा समाज का ज्येष्ठ  सदस्य श्री ललित बहादुर श्रेष्ठ को हात बाट टीका लगाइ नेवारी सस्कार अनुसार सहभागी पाहुनाहरुलाई कोखा टिका लगाइ अन्डा माछा सगुन सहित स्वागत गरियेको थियो । बनभोज कार्यक्रममा करिब २५० जना सदस्यहरुको उपस्थिति रहेको थियो । सिन्धुली बाट प्रतिनिधित्व गर्नुहुने  सम्पूर्ण माननीय ज्युहरु र  बनभोज मा सहभागी हुनु हुने सम्पुर्ण सदस्य महानुभाबहरुलाई समाजका सचिव हरि कृष्ण श्रेष्ठले विशेष रुपमा धन्यवाद दिनुका साथै आभार ब्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्