दश उत्कृष्ट पदयात्राका गन्तव्यहरुमा नेपाल दोस्रो (फोटो फिचर)



एजेन्सी, पुस १७, २०७४ : अमेरिकी कम्पनी इनसाइडर इन्क आबद्ध दिसइनसाइडर ( This Insider ) डटकमले संसारका १० उत्कृष्ट पदयात्रा गन्तव्यमा नेपालको अन्नपूर्ण सर्किटलाई दोस्रो स्थानमा समेटेको छ । उक्त अनलाईने पहिलो स्थानमा भने दक्षिण अफ्रिकाको ओट्टर ट्रेल राखेको छ भने नेपालको अन्नपूर्ण सर्किट दोस्रो स्थानमा राखेको छ ।

अन्नपूर्ण सर्किट भ्रमण गर्न पदयात्रीलाई सामान्यतः २० दिन लाग्छ । बीस दिनमा पदयात्रीले २३० किलोमिटरको यात्रा गर्नेछन् । यात्राका क्रममा पदयात्रीले विभिन्न खोला, झोलुङ्गे पुल र हिउँले ढाकिएका अग्ला चुचुराहरूको दृश्यावलोकन गर्ने मौका पाउने छन् । पूर्ण यात्राको समय नहुने पर्यटकलाई १२ दिने पदयात्रा योजना पनि उपलब्ध छ । जसको सुरुवात पुनहिलको सूर्योदय सँग सुरु हुने पनि दिसइनसाइडरले लेखेको छ ।

त्यस्तै तेस्रो गन्तव्यमा द सिंक टेर्रे, इटाली चौथोमा प्यासिफिक क्रेस्ट ट्रेल, अमेरिका, पाँचौमा कोस्टारिकाको मोन्टेभेर्दे पार्कको स्काईवाक, छैटौंमा आइसल्याण्डको लाउगाभेगुरिन, सातौंमा माचुपिचुको इन्का ट्रेल, आठौंमा गालापागोस आइसल्याण्डको सेर्रा नेग्रा, नवौँमा अमेरिकाको एप्पालेशु ट्रेल र दशौँमा चिलीको ग्रे ग्ल्यासीयर ट्रेल पर्न सफल भएका छन् ।

दश उत्कृष्ट पदयात्राका गन्तव्यहरु :

१. ओट्टर ट्रेलदक्षिण अफ्रिका:

२. अन्नपूर्ण सर्किट, नेपाल:

३. द सिंक टेर्रे, इटाली:

४. प्यासिफिक क्रेस्ट ट्रेल, अमेरिका:

५. मोन्टेभेर्दे पार्कको  स्काईवाक, कोस्टारिका:

६. लाउगाभेगुरिन, आइसल्याण्ड:

७. इन्का ट्रेल, माचुपिचु:

८. सेर्रा नेग्रा, गालापागोस आइसल्याण्ड:

९. एप्पालेशु ट्रेल, अमेरिका:

१०. ग्रे ग्ल्यासीयर ट्रेल, चिली:

प्रतिक्रिया दिनुहोस्