स्टार वार्स फिल्मबाट खरबौ आम्दानी



काठमाडौँ, १८ पुस : हलिउड हलमा लागेको तेस्रो हप्तामै स्टार वार्स : द लाष्ट जेडी नामको फिल्मले तीन बिलियन अमेरिकी डलर पैसा कमाउन सफल भएको छ । यो कमाइ भनेको नेपालीमा झण्डै १ खर्ब रुपैयाँ हो ।

फिल्म निर्माता डिस्ने जसले स्टार वार्स नामको फिल्म उत्पादन कम्पनी लुकासफिल्मको स्वामित्व लिन्छ, उसले जनाएअनुसार आइतबारसम्म १.०४ बिलियन कमाइ गरेको हो । यसका निर्माताका अनुसार विश्वव्यापी रुपमा यो फिल्म २०१७ कै तेस्रो ठूलो कमाइ गर्ने फिल्म भएको छ ।

बक्सअफिस मोजोका अनुसार डिस्नेकै ब्युटी एण्ड बिस्टले १.२६ बिलियनको वरिपरिमा कमाइ गरेको थियो, भने युनिभर्सल पिक्चर्सको फेट अफ द फ्युरियसले १.२४ बिलियनको हाराहारी कमाइ गरेको थियो ।

द लाष्ट जेडी स्टार वार्स सागाको आठौँ संस्करण हो । डिसेम्बर १४ मा अमेरिकामा रिलिज भएको यो फिल्मले सुरुवातमै दोस्रो ठूलो कमाइ गर्न सफल भएको छ ।

अहिलेसम्मको सबैभन्दा धेरै सुरुवाती कमाइ भने स्टार वार्स : द फोर्स अवेकन्सले सन् २०१५ मा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्