प्रधानसेनापतिबाट उपरथी दर्जाको दज्र्यानी चिह्न प्रदान



काठमाडौँ, पुस १८, २०७४ : नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७४ पौष १३ गतेकोे निर्णय अनुसार उपरथी दर्जामा पदोन्नती हुनुभएका श्री सैनिक स्वास्थ्य महानिर्देशनालयका प्राविधिक सहायक रथी डा. श्री शशी राई तथा श्री सुदुरपश्चिम पृतना हे.क्वा.का सहायक रथी श्री झंकरबहादुर कडायतलाई आज मिति २०७४ पौष १८ गते जङ्गी अड्डामा आयोजित एक बिशेष समारोहमा प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्रीले उपरथी दर्जाको दज्र्यानी चिह्न प्रदान गर्नुभएको छ ।

उपरथी दर्जामा पदोन्नोती हुनुभएका उपरथी डा. श्री राईलाई सैनिक स्वास्थ्य महानिर्देशक र उपरथी श्री कडायतलाई सुदुरपश्चिम पृतनाको पृतनापतिको जिम्मेवारी दिईएको छ ।

प्रतिक्रिया दिनुहोस्