उत्तर कोरियाली नेताको सम्बोधनको दक्षिण कोरियाका राष्ट्रपतिद्वारा स्वागत



सोल, पुस १८, २०७४ : दक्षिण कोरियाका राष्ट्रपतिद्वारा मुन जाय इनले उत्तर कोरियाली नेता किम जोन उनको सम्बोधनको स्वागत गर्नुभएको छ । नयाँ वर्ष सन् २०१८ को अवसरमा उत्तर कोरियाली नेता उनले मङ्गलबार राष्ट्रका नाममा सम्बोधन गर्नुभएको थियो ।

सो सम्बोधनका क्रममा उहाँले दक्षिण कोरियाले प्रस्ताव गरेको अन्तर कोरियाली खेलकूदमा सहभागिता जनाउने धारणा सार्वजनिक गर्नुभएको छ । शिशिर ऋतुमा आयोजना गरिने खेलकूदमा सहभागिताका लागि दक्षिण कोरियाले उत्तर कोरियालाई पनि आग्रह गरेको थियो ।
दक्षिण कोरियाले यस शिशिर ऋतुमा आयोजना गरेको उक्त खेलकुदमा आफूहरु पनि सहभागी हुने धारणा उत्तर कोरियाली नेता किमले सार्वजनिक गर्नुभएको हो ।

त्यसैगरी नेता किमले गर्नुभएको सम्बोधनका क्रममा दक्षिण कोरियाली सरकारद्वारा गरिएको उत्तरसँगको वार्ताको प्रस्तावको पनि स्वागत गरिएको छ । हामी दक्षिण कोरियाले गरेको वार्ताको प्रस्तावलाई सकारात्मक रुपमा लिन्छौँ र सो वार्तामा हामी सहभागी हुनसक्छौँ– सो सम्बोधनमा भनिएको छ ।

सो सम्बोधनको स्वागत दक्षिण कोरियाले गरेको हो । उक्त सम्बोधनपछि दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले उत्तरका नेताले सहभागिता जनाउने भएपछि सो खेलकूदको तयारीलाई थप अघि बढाउने निर्देशन पनि दिनुभएको बताइएको छ ।

उक्त खेलकूद आगामी फेब्रुअरी महिनामा दक्षिण कोरियामा आयोजना गरिएको छ । शिशिर ऋतुमा आयोजना हुने सो खेलकूदमा उत्तरले सहभागिता जनाउनुलाई दक्षिणले भने उपब्लिध भएको भनेको छ ।

त्यसैगरी दक्षिण कोरियाले गरेको वार्ताको प्रस्तावलाई पनि उत्तरले स्वीकार गरेको छ । दक्षिण कोरियाले आगामी फेब्रुअरी महिनामा द्विपक्षीय वार्ताको आह्वान गरेको थियो ।

सो वार्ताको बारेमा उत्तरले केही बोलेको थिएन । तर यो सम्बोधनमा सो वार्तामा सहभागी हुने बताएपछि भने दक्षिण कोरियाली राष्ट्रपतिले वार्ताको तयारी गर्न अधिकारीहरुलाई निर्देशन पनि दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्