सूर्योदय नगरपालिकामा एकीकृत उद्योग वाणिज्य संघ



मंगलबारे, इलाम, पुस १७, २०७४ : सूर्योदय नगरपालिकामा एकीकृत उद्योग वाणिज्य संघ गठन गरिएको छ ।

जिल्लाकै सबैभन्दा ठूलो स्थानीय तह यस नगरपालिमा रहेका उद्योगी र व्यपारी संलग्न एकीकृत उद्योग वाणिज्य संघ गठन भएको हो ।

सूर्योदय नगरपालिका–२ मा सक्रिय रहेको पशुपतिनगर उद्योग वाणिज्य संघको पहलमा नगरस्तरीय उद्योग वाणिज्य संघ गठन भएको हो । विसं २०५६ मा सो संघ स्थापना भएको हो । फिक्कल र पशुपतिनगर उद्योग वाणिज्य संघको संयुक्त पहलमा नगरस्तरीय एकीकृत उद्योग वाणिज्य संघ गठन भएको एकीकृत उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद राईले बताउनुभयो ।

सूर्योदय नगर क्षेत्रका उद्योगी, व्यवसायी र सरोकारवालासँग छलफल गरी एकीकृत उद्योग वाणिज्य संघ गठन गरिएको हो । पशुपतिनगर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद राईको संयोजकत्वमा १५ सदस्यीय तदर्थ समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा गौतम प्रधान र खड्गबहादुर खड्का, सचिवमा दामोदर चापागाईं, सह–सचिवमा लक्ष्मी प्रसाईं र कोषाध्यक्षमा लोकबहादुर प्रधान तथा युवराज ढुंगाना तथा सदस्यमा सजता प्रधान, सावित्रा मोक्तान, पुजन श्रेष्ठ, बिमल कार्की र डम्बर प्रधान रहेका छन् ।

सूर्योदय नगरपालिका क्षेत्रमा चिया, दूध, कृषिजन्य, पर्यटक, चीज, दैनिक उपभोग्य लगायतका दुई हजारभन्दा बढी उद्योग रहेका छन् । संस्थागत रुपमा सक्रिय  पशुपतिनगर उद्योग वाणिज्य संघमा ३५० जना उद्योगी संलग्न छन् ।

प्रतिक्रिया दिनुहोस्