मोदीद्वारा काश्मिरी युवाको सफलताको प्रशंसा



नयाँ दिल्ली, भारत, १७ पुस, २०७४ : प्रधानमन्त्री मोदीले आफ्नो नेतृत्वको सरकारले मुसलमान महिलालाई हजमा जाने विषयमा ठूलो कदम चालेकोे बताउनु भएको छ ।

मासिक रूपमा हुने प्रधानमन्त्रीको रेडियो सम्बोधन, मन कि वातको ३९ औँ श्रृङ्खलामा प्रधानमन्त्रीले मोदीले भन्नुभयो, “मुसलमान महिलाले हजमा जान कुनै अनुमति लिनु पर्ने छैन । चाहेको खण्डमा उनीहरूले हजमा जान स्वतन्त्र रहने छन् । यसका लागि सरकारले धेरै बिषयमा काम गरेको छ ।”

प्रधानमन्त्री मोदीले भन्नुभयो, “मैले जम्मू तथा काश्मिरमा केही त्यस्ता छोरीहरूलाई भेटेँ, जसको उत्साह देखेर म चकित बनेको छु । आतङ्कबादी गतिविधिले सङ्कटग्रस्त बनाएको क्षेत्रका युवामा यस किसिमको उत्साह देखिनु सकारात्मक कुरा हो ।”

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मु तथा काश्मिरमा द्वन्द्वका कारण घर गुमाएका २७ बर्षीय युवा अन्जुम बासिर खानले यस बर्ष भारतीय सरकारी सेवामा पाएको सफलतालाई दिलैदेखि प्रशंसा गर्नुभयो ।

उहाँले भन्नुभयो, “अन्जुम जम्मु तथा काश्मिरको लागि मात्र होइन सम्पूर्ण भारतका लागि प्रेरणाको स्रोत हुनुभएको छ ।”

उहाँले थप्नुभयो, “बासिर खानको प्रेरणादायी कथा मैले आज मात्र  थाहा पाए । आतङ्कवादको पीडा तथा घृणाको शिकार बनेका खानले काश्मिरको प्रशासनिक परीक्षामा सर्वोत्कृष्ट स्थान हाँसिल गर्नुभयो । आज उहाँ सवैको लागि प्रेरणाको स्रोत हुनुभएको छ ।”

प्रतिक्रिया दिनुहोस्