नायिका नीशा आमा बन्दै



काठमाडौँ, १७ पुस : असार १६ गते काठमाण्डौको अन्नपूर्ण होटलमा नायिका अधिकारी र क्रिकेटर शरद भेष्वाकर बिहे बन्धनमा बाँधिएका थिए ।

उनै, नायिका नीशा अधिकारीले आफू आमा बन्ने तयारीमा लागेको जानकारी फेसबुकबाट गराएकी छिन् । नीशाले आफू गर्भवती भएको ५ महिना भएको समेत जानकारी दिएकी छिन् ।

नीशाले अंग्रेजी नयाँ बर्षको अवसर पारेर आफ्ना फ्यान माँझ खुशीको खबर शेयर गरेकी हुन् । चलचित्र ‘झ्यानाकुटी’ निर्माण गरेकी नीशाले चलचित्र रिलिज भएपछि आमा भएको घोषणा गरेकी हुन् । उनले, आफूले थाहा नपाइ नै आफू आमा भैसकेको लेखेकी छिन् । जुन दिन देखि आफ्नो पेटमा बच्चा बस्यो, सोहि दिनदेखि आफू आमा भैसकेको नीशाको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्