अंग्रेजी नयाँ वर्षमा बेगनास ताल घुम्न आउने पर्यटकको स्वागत



पोखरा, १७ पुस : अंग्रेजी नयाँ वर्षको अवसरमा पोखरा लेखनाथ महानगरपालिका–३१ स्थित बेगनास ताल घुम्न आउने पर्यटकलाई स्वागत गरिएको छ ।

बेगनास युवा क्लबले बेगनास ताल घुम्न आउने  छजना विदेशी पर्यटकलाई आज स्वागत गरेको  हो ।

वडा नं ३१ का वडाध्यक्ष कमलबहादुर थापाले पर्यटकलाई माला, खादा तथा अबिर लगाएर स्वागत गर्दै  बेगनास क्षेत्रको पर्यटन प्रवद्र्धनमा क्लबले सराहनीय काम गरेको बताउनुभयो ।

क्लबका अध्यक्ष रामबहादुर रानाभाटको अध्यक्षतामा कार्यक्रम  भएको थियो ।

प्रतिक्रिया दिनुहोस्