गोरखा, १७ पुस : अत्यावश्यक अवस्थामा परेका बिरामीहरुलाई चाहिने रगत नहुँदा गोरखा जिल्लामा अति नै असहज अवस्था थियो । देशका विभिन्न भू–भागमा ब्लड बैँक सञ्चालन गरेको नेपाल रेडक्रस सोइसाटीले बेल्जियम रेडक्रसको आर्थिक सहयोग र जिल्ला अस्पताल गोरखाको समन्वयमा अत्याधुनिक रक्तसञ्चार केन्द्र सञ्चालनको तयारी रहेको छ ।
ब्लड बैँकको लागत करिब एक करोड नेपाली पर्ने केन्द्रीय रक्तसञ्चार केन्द्रका लेखा अधिकृत ईश्वरी पन्तले बताउनुभयो । बेल्जियम रेडक्रसकै सहयोगमा रक्तसञ्चार केन्द्रका लागि भवन निर्माण गर्ने तयारी गरिएको पनि पन्तले बताउनुभयो ।
नयाँ सरकारले सबै स्थानीय तहमा २५ शैया भएका अस्पताल सञ्चालन गर्ने भएकोले रक्तसञ्चार केन्द्रले सबै स्थानीय तहका अस्पताललाई सेवा दिने सरोकारवालाको अपेक्षा छ ।