मगर संघलाई ओमनमा आयोजित नेपाली क्रिक्रेटको उपाधी



ओमन, पुस १७ : गैरआवासीय नेपाली सोसल क्लव, ओमानद्वारा आयोजित चौथो अन्तर नेपाली नकआउट क्रिकेट प्रतियोगिताको उपाधी मगर संघले जितेको छ ।

मगर संघले एनआरएनएससी ‘ए’ लाई ९.२ ओभरमा ५३ पुर्‍याई उपाधी जितेको हो । टस जितेर व्यटिङ्ग जितेको एनआरएनएससीले ६ विकेटको क्षतिमा ५२ रन बनाएको थियो ।

खेलमा टिम लुम्विनी, मगर संघ, एनआरएनएससी बी, सगरमाथा समुह, एनआरएनएससी ‘ए’, मसरुम दिवान र गुल्मी सेवा समाज गरी ७ टिमले भाग लिएका थिए ।

प्रथम चरणको खेल ८ ओभर, सेमिफाईनल र फाईनल १० ओभरको खेलाइएको थियो । पहिलो खेल टिम लुम्बिनीलाई मगर संघले पराजित गरेको थियो । दोश्रो खेल एनआरएनएससी ‘बी’ लाई सगरमाथा समुहले पराजित गरेको थियो ।

मसरुम दिवान समुहले वाकओभर लिएपछि एनआरएनएससी ‘ए’ समुह सेमिफाइनलमा प्रवेश गरेको थियो । यसपश्चात बाईमा परेको गुल्मी सेवा समाज र एनआरएनएससी ‘ए’ बीच पहिलो सेमिफाईनल खेल भएको थियो । जसमा एनआरएनएससी ‘ए’ बिजयी भएको थियो । सेमिफाईनलको दोश्रो खेल मगर संघले सगरमाथालाई हराएको थियो ।

बिजयी तथा उपबिजेता टिमलाई खसी, ट्रफी र मेडल प्रदान गरिएको थियो । प्रतियोगिताको सर्वोत्कृष्ट बलर, ब्याट्म्यान र खेलाडी क्रमश: माधव केसी, बिरेन्द्र ठाकुर र तेज गुरुङ्ग चयन भए ।

गैरआवासीय नेपाली सोसल क्लव ओमानका खेलकुद संयोजक गोबिन्द श्रेष्ठको संयोजकत्वमा भएको खेलमा प्रमुख अतिथि एनआरएनका सचिव डिवी क्षेत्रीले ओमन क्रिकेट प्रतियोगिताले नेपालीवीच आपसी समन्वय र हितमा थप वलियो वनाएको वताए ।

प्रतिक्रिया दिनुहोस्