पहिलो पाइला बुटवलद्वारा अपांग आश्रमलाई लत्ताकपडा र खाद्य सामग्री सहयोग ।



मधुसुधन पाण्डे अर्घाखाँची पौष १६ गते

“पहिलो पाइला” बुटवल शाखाद्वारा २०७४/०९/१० गते सोमबारको दिन बुटवल १३ प्रगतिनगर अवस्थित “नेपाल अपांग आश्रम” मा जाडो मौसममा लगाउने न्यानो पाइन्ट,ज्याकेट लगाएत खाद्य सामाग्रीमा चामल,दाल,तेल,चाउचाउ लगाएतका सामाग्रीहरु वितरण गरिएको छ। “पहिलो पाइला”ले देशब्यापी रुपमा संचालन गरेको “न्यानो माया अभियान” अन्तर्गत गरिएको उक्त कार्यक्रम यसै शाखाका अध्यक्ष श्री बिष्णु महत क्षेत्रीको प्रमुख नेतृत्वमा सम्पन्न भएको छ। सहयोग सामाग्री संकलनमा संयोजकको भुमिका तेज बहादुर क्षेत्रीले निर्बाह गर्नु भएको थियो। उक्त कार्यक्रममा बोल्दै बुटवल साखा अध्यक्ष महतले दुखीहरुको सेवा गर्न पाउँदा आफू लगाएत सस्थाका सम्पुर्ण सदस्यहरु हर्षित रहेको बताउदै सस्थाको उदेश्य र बिगतमा गरिएका कामको बारेमा पनि स्पस्ट पार्नु भएको थियो।

यस सस्थाले समाजसेवालाई मुल मन्त्र बनाएर गरिब दुखीहरुको सेवामा निरन्तर लागिरहेको
छ ।

प्रतिक्रिया दिनुहोस्