सप्तरीका युवाले भारतमा पाए अवार्ड



राजविराज, पुस १५, २०७४ : सप्तरीको महदेवाका एक युवा भारतमा ह्युमन राइट्स अवार्डबाट सम्मानित भएका छन् ।

नेशनल एन्टी क्राइमस एण्ड ह्युमन राईट्स काउन्सिल अफ इन्डियाले महदेवा ९ निवासी प्रकाश मनी राउतलाई अवार्ड तथा सम्मान पत्रबाट सम्मानित गरेका हुन् ।

अवार्डमा एक थान सुन जडिट भारतीय २ हजारको नोट चाँदी, प्लेट भएको सम्मान–पत्र तथा प्रमाण–पत्र दिएर सम्मान गरेको थियो ।

सामाजिक तथा मानवअधिकार क्षेत्रमा विगत तीन वर्षदेखी कार्यरत राउत पिछडा वर्ग महासंघ निकटका विद्यार्थी संघका केन्द्रीय अध्यक्ष समेत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्