सुपरस्टार रजनीकान्त पनी अब राजनीतिमा



एजेन्सी, मुम्बई, पुस १६, २०७४

तमिल सुपरस्टार रजनीकान्तले अब राजनीतिमा इन्ट्री गर्ने घोषणा गरेका छन् । उनले आफ्नो नयाँ पार्टी बनाउने र चुनाव पनि लड्ने उद्घोष गरेका छन् । उनले एक कार्यक्रममा बोल्दै भने- ‘अब म राजनीतिमा आउँदैछु । यो आजको सबैभन्दा ठूलो आवश्यकता हो ।’ भनेका छन् ।

रजनीकान्तले भने, ‘मेरो पार्टीको तीन मन्त्र हुनेछ, ‘सत्यता, मिहिनेत र विकास । ‘जहाँ पनि सत्ताको दुरुपयोग भएको छ, म यसको विपक्षमा उभिनेछु । यदी म राजनीतिमा आइनँ भने जनतालाई यो सबैभन्दा ठूलो धोका हुनेछ । ‘

दक्षिण भारतमा रजनीकान्तलाई भगवानको रुपमा पुजा गरिन्छ । उनी अभिनीत नयाँ फिल्म ‘२.०’ चाँडै प्रदर्शनमा आउने तयारीमा छ ।

प्रतिक्रिया दिनुहोस्